बागलुङ/प्रतिबन्धित लागुऔषध अफिमसहित बागलुङमा एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालयले १० किलो अफिमसहित ओसारपसारमा संलग्न रहेको आशंकामा रुकुम पूर्वकी ती महिलालाई पक्राउ गरेको हो ।
जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा जेठ ४ गते १० किलो अफिम छोडेर भागेकी रुकुम पूर्व जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका–२ की ३३ वर्षिया राखीलाक घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनी पूर्व वडा सदस्यसमेत रहेको खुलेको छ ।
प्रहरीले रुकुम घर भई बागलुङमा आफ्नो नाम परिर्वतन गरी अफिमको कारोवार गरेको विशेष सूचनाका आधारमा खोजतलास थालेको थियो । बुर्तिबाङको सन्दिप गेष्ट हाउसमा १० किलोग्राम अफिम छोडेर भागेर रुकुम पूर्व सिस्ने गाउँपालिका–५ मा लुकीछिपी बसेको अवस्थामा रुकुम पूर्वको प्रहरीको सहयोगमा पक्राउ गरी बागलुङ ल्यायर सार्वजनिक गरेको प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
रानाका अनुसार उनको साथबाट १० किलो अफिमसहित तौल गर्न प्रयोग गर्ने औजार, सिमकार्ड, पूथा जडिबुटी सप्लार्यसको छाप लगायतका सामाग्री बरामद गरिएको छ ।





