बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्राथमिकतामा ढोरपाटन : पर्यटन केन्द्र बनाउन गुरुयोजना

प्राथमिकतामा ढोरपाटन : पर्यटन केन्द्र बनाउन गुरुयोजना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७९, बुधबार

बागलुङ/ गण्डकी प्रदेश सरकारले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि आवस्यक गुरु योजना बनाउने भएको छ । गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारिएको हो ।

सरारले आगामि आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ढोरपाटन क्षेत्रमा पर्यटन बिकासका लागि गुरुयोजना बनाएर काम गर्ने नीति लिएको हो । नीति तथा कार्यक्रममा समेट्दै भनिएको छ, ‘ढोरपाटनलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न गुरु योजना तयार गरिने छ ।’

नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष सहासिक पर्यटनका लागि प्रसिद्ध छ । बिदेशी पर्यटकले मात्रै शिकार गर्न पाउने आरक्षमा आन्तरीक पर्यटक समेत घुम्नका लागि पुग्ने गरेका छन् । विदेशी शिकारीका सहयोगीका रुपमा आरक्ष क्षेत्रको सबै व्लकहरुमा पुग्ने बाहेक आन्तरीक पर्यटक सिमित क्षेत्रमा मात्रै पुग्छन् ।
ढोरपाटन नगरपालिका ९, देउराली कटेपछि उपत्यका देखिन्छ । जहाँबाट देखिन्छ, सानो बस्ती, नेपालको एकमात्रै ढोरपाटन शिकार आरक्षको कार्यालय, नेपाली सेनाको ब्यारेक, निरन्तर बगिरहेको उत्तरगंगा र लामो समयदेखि बन्द रहेको ढोरपाटन विमानस्थल ।

देखिन्छन्, उपत्यकामा चरिरहेका गाईवस्तु, घोडा लगायतका घरपालुवा जनावर । फरक खालको जनजीवन देखेपछि ढोरपाटन शिकार आरक्ष घुम्न जानेहरु त्यही भुल्छन् र फर्किन्छन् । छोटो समय लिएर ढोरपाटन शिकार आरक्ष घुम्न जानेहरुका लागि अन्तिम गन्तव्य हुन्छ विमानस्थलसमेत रहेको उपत्यका ।

उपत्यकाभन्दा माथि धेरै बस्ती नहुनु, शिकार आरक्ष क्षेत्रमा रहेका घुम्न मिल्ने ठाउँहरुको विषयमा जानकारी नहुनु र पहुँचमार्गको अभावमा ढोरपाटन पुग्ने पर्यटक विरलै त्यहाँ भन्दा माथि पुग्छन् । शिकार आरक्षको कार्यालय पुगेका पर्यटकले आरक्षमा हुने शिकार, पाइने वन्यजन्तु र जडिबुटीको जानकारी त लिन्छन् तर गहिराईमा पुग्न सम्बन्धित क्षेत्रमा पुग्नै पर्छ । ढोरपाटन शिकार आरक्षका सबै व्लकमा पर्यटक पुग्नेगरी कार्यक्रम र पूर्वाधार तयार गर्न स्थानीय, प्रदेश र संघीय सरकारले कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाले आवाज उठाउँदै आएका थिए ।

ढोरपाटनमा घुम्न मिल्ने ठाउँहरुको बिकास गर्नसके पर्यटकका लागि राम्रो गन्तव्य हुने शिकार अरक्ष कार्यालयका प्रमुख बिरेन्द्र कँडेल बताउँछन् । उनका अनुसार शिकार आरक्षको व्यवस्थापन पक्षले बनाएको योजना अनुसार गुरुयोजना तयार हुँदा ढोरपाटन बागलुङमा पर्यटनको हव बन्छ ।

शिकारका लागि आउने सहासिक शिकारीहरु मात्रै ढोरपाटन शिकार आरक्षका बिभिन्न व्लकमा पुग्छन् । उनीहरुले थाहा पाएको ढोरपाटन र पैदल मार्गको बाटो उपत्यकामा पुगेर फर्किने पर्यटकले थाहा पाएको ढोरपाटन आकाश पातालको फरक रहेको उनको बुझाइ छ ।

एक दुई किलोमिटर माथि रहेको नवी गाउँसम्म नपुग्ने पर्यटकलाई कम्तिमा हाइअल्टिच्युड अनुभव हुने ठाउँसम्म पु¥याउने गरी शिकार आरक्ष कार्यालय पूर्वाधार विकासको काम थालेको थियो । ढोरपाटन शिकार आरक्ष क्षेत्रको सबैभन्दा नजिकको पुग्नैपर्ने गन्तव्य हो, म्याग्दी जिल्लाको सीमानामा पर्ने जलजला । ढोरपाटन उपत्यका देखि २४ किलोमिटर दूरीमा पर्ने जलजलाको बीचमा पर्छ गुर्जाघाट । ढोरपाटन, गुर्जाघाट हुँदै जलजला पुग्ने मोटर गुड्ने पदमार्गको निर्माण तथा स्तरोन्नतीमा शिकार आरक्ष कार्यालय लागेको छ । गुरु योजना तयार भएर कार्यान्वयमा आउँदा पर्यटनका क्षेत्रमा ठुलो टेवा पुग्नेमा आरक्ष कार्यालय विश्वस्त छ ।

‘यो त सानो कम्पोनेन्ट हो, यहाँ गुरुयोजना बन्दा धेरै पूर्वाधार बन्छन्, अथाह सम्भावना बोकेको शिकार अरक्ष क्षेत्रले,’ उनले भने ‘ ढोरपाटनमा होटल, बास, सञ्चार, स्थानीय कला संकृति, प्रकृति धेरै कुराको उपयोग गर्न सकिन्छ ।’ उनले ढोरपाटनर्ला पर्यटनको हव बनाउनका लागि शिकार आरक्षको बाटोहुदै हाइअल्टिच्युड पदमार्ग डोल्पा र मुस्ताङ सँग जोड्ने गरी योजना बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->