बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मनसुनको सुरुवातमै बागलुङमा बाढी र पहिरो : दर्जर्नौ घर जोखिममा, सडकमा क्षति

मनसुनको सुरुवातमै बागलुङमा बाढी र पहिरो : दर्जर्नौ घर जोखिममा, सडकमा क्षति


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७९, शुक्रबार

बागलुङ/ यो बर्षको मनसुन सुरु नहुँदै परेको बर्षाका कारण बागलुङमा करोडौंको क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिने क्रममा छ । तर गत मंगबारदेखी बागलुङका बिभिन्न ठाउँमा भैरहेको भीषण बर्षाका कारण दजनौं घरपरिवार बिस्थापित भएका छन्भने करोडौं खर्चेर बनेका संरचनाहरु क्षतबिक्षत भएका छन् ।

जिल्लाको बर्षापछिको बाढी र पहिरोका कारण जिल्लाको गलकोट नगरपालिकामा ३५ घरपरिवार पहिरोको जोखिममा परेका छन् भने जैमिनी नगरपालिका–९ र १० मा १९ परिवार पहिरोको जोखिममा परेका छन् । बुधबार साँझदेखि बिहिबार बिहानसम्म निरन्तर परेको बर्षाका कारण गलकोट र जैमिनी नगरका बिभिन्न क्षेत्रमा रहेका खहरे खोलाहरु बढ्दा बाढीसँगै पहिरो चल्न थालेपछि बस्तिहरु जोखिममा परेका हुन् ।

वर्षा सुरु भएसँगै जिल्लाभर त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता परेको बर्षाका कारण जिल्लाका बिभिन्न क्षेत्रमा सडक क्षतबिक्षत बनाउनुका साथै कयौं सडकहरु अबरुद्ध भएका थिए । यस बर्षपनि जेठको अन्तिम साता परेको बर्षाले गतसाल जस्तै क्षति गर्ने त्रास रहेको जैमिनी–१० का शिव श्रीस मगरले बताए ।

‘सडक बनाउँदा गाउँ जोखिममा परेको छ, बस्तीभन्दा तलमाथि दुवैतर्फ सडक छ’ उनले भने ‘बर्षा हुँदा बाढी सबै गाउँमा पस्छ, बसिनसक्नु भएको छ गाउँ ।’ जैमिनी–१० राङ्खानीको सिप्रिङ र तोरीबारी गाउँका १७ घर परिवार स्थानान्त्रण गर्नु पर्ने अबस्थामा रहेको उनले बताए । ‘तत्कालका लागि तीन घर बिस्थापित नै भए, अरु पनि बस्ती सार्नुपर्ने पहिलैदेखि आवाज उठेको हो’ मगरले भने ‘बलबिर नेपाली, लालबहादुर नेपाली र मनबहादुर नेपालीको परिवार बिस्थापित भएका छन् ।’ वडा नं. ९ पैञ्युथन्थापमा पनि बाढी र पहिरोका कारण दुई घर जोखिममा रहेका छन् ।

चालु आर्थिक बर्षमा करोडौं खर्नेर स्तरोन्नती गरिएका गलकोट र जैमिनी नगरपालिकाका सडक पनि सवारीनै नचल्ने गरी बाढीले खोलेको छ । कालोपत्रे भएका सडकहरुमा समेत बाढीले ठुलो क्षति पु¥याएको नगरपालिकाको अनुमान छ । सडक निर्माणका क्रममा उचित भल व्यवस्थापन हुन नसक्दा बाढी र पहिरोको क्षति व्यहोर्नुपरेको जैमिनी नगरपालिका–१ का टिकाराम शर्माले बताए ।

गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पु¥याएको छ । वडा नं. १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीनवटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिए । गोठ र पशुचौपायासमेत गर्दा खड्काको १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

उनका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पु¥याएको छ । साविक वडा नं. ३ का अधिकांश घर जोखिममा रहेको, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरो खसेको उनले बताए । पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग दिउँसोदेखि खुलेको नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिए ।

वडा नं १ को भुङ्खानी र काफलठुटा क्षेत्रमा खसेका पहिराले यातायात सञ्चालनमा अवरोध खडा गरेको थियो । बिहानैदेखि लोकमार्ग भएर चल्ने सवारीसाधन अलपत्र परेका थिए । यात्रुले सास्ती खेप्नुपरेको थियो । लोकमार्ग आयोजना, नगरपालिका, नेपाल सेना, स्थानीयलगायत मिलेर पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको हो ।

गलकोट–१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिरोका कारण घरहरू जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ । बाढीले स्थानीय महेन्द्र माविको खेलमैदानसमेत पुरिएको छ । वर्षा भइरहँदा स्थानीयले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं. २ का वडाध्यक्षसमेत रहेका नगरका प्रवक्ता भण्डारीले बताए ।

वडा नं ३ को हटियाबजार, ४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पु¥याएको छ । नाली थुनिएर हटियाका घर, पसल र होटलमा भल छिरेको थियो । बाढीले मुख्य सडकदेखि ग्रामीण भेग जोड्ने सडक पनि भत्किएका छन् । पुष्पलाल लोकमार्ग खण्डमा ठुल्ठूला खाल्डाखुल्डी परेका छन् । यात्रा जोखिमपूर्ण बनेको छ । कतै रुख ढलेर सडक छेकेको जिपका चालक राजेन्द्र विकले पहिरा छल्दै यात्रा गर्नुपरेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->