बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बरेङको बजेट ४० करोड ३३ लाख

बरेङको बजेट ४० करोड ३३ लाख


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७९, सोमबार

बागलुङ/ बरेङ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४० करोड ३३ लाख ५६ हजार रुपैयाँको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष दीलिप कुमार पुनले उक्त बजेट गाउँसभामा प्रस्तुत गरेका हुन् । कृषि, शिक्षा, पर्यटन र पूर्वाधार बिकासको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको पुनले जानकारी दिए ।

गाउँपालिकाले बिनियोजन गर्न मिल्ने बजेट १७ करोड ९१ लाख ५६ हजार रुपैयाँमध्ये प्रशासनिक खर्चतर्फ ३ करोड ९८ लाख ९० हजार रुपैयाँ र पुँजिगत खर्चतर्फ १३ करोड ९२ लाख ६६ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

पुँजिगत बजेटमध्ये वडास्तरीय योजनाका लागि २ करोड ७५ लाख, विषयगत शाखाहरुका लागि ४ करोड ४६ लाख ५५ हजार, समपुरक कोषका लागि ३ करोड ५० लाख, गाउँपालिका गौरव योजनाहरु र गाउँपालिका स्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड २१ लाख ११ हजार विनियोजन गरेको पुनले बताए । संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपुरक अनुदान तर्फका योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याईने बजेटमा उल्लेख छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आय २३ लाख रुपैयाँ पु¥याउने लक्ष लिएको छ । ‘बरेङमा समृद्धि, कृषिमा लगानी’ कार्यक्रमका लागि ६३ लाख ५५ हजार र पशु सेवा कार्यक्रमका लागि ६९ लाख रुपैयाँ बिनियोजन भएको छ । ‘बरेङबासीको इच्छा, गुणस्तरीय शिक्षा’ सामुदायिक विद्यालयको पूर्वाधार विकास, शैक्षिक गुणस्तर वृद्धि र प्राविधिक तथा सिपमूलक शिक्षा व्यवस्था गर्न शिक्षा क्षेत्रका लागि १ करोड ८७ लाख ८० हजार रुपैयाँ बिनियोजन भएको छ ।

गाउँपालिकाले आमाबुबा तथा अभिभावकविहीन अति विपन्न बालबालिकाहरुको मावि तह सम्मको निशूल्क शिक्षा व्यवस्था गर्न ‘अभिभावक विहीन बालसंरक्षण कोष’को स्थापना गर्न ३ लाख विनियोजन गरेको छ । गाउँपालिका सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याई प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि ८ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->