बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ताराखोलाको नीति तथा कार्यक्रम: शिक्षा र स्वास्थ्यमा प्राथमिकता

ताराखोलाको नीति तथा कार्यक्रम: शिक्षा र स्वास्थ्यमा प्राथमिकता


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७९, सोमबार

बागलुङ/ताराखोला गाउँपालिकाले सोमबार आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा सामुदायिक बिद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड बितरण गर्ने प्रतिवद्धता जनाइएको छ ।

कक्षा १ देखि ६ सम्मका बालबालिकालाइ निशुल्क दिवाखाजाको व्यवस्था गरिने भएको छ गाउँपालिकाको शैक्षिक योजना कार्यान्वयन गरिने भन्दै सोमबार अध्यक्ष धनबहादुर बिक हिमालले ल्याएको नीति तथा कार्यक्रममा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने समेत उल्लेख छ । शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरी नीतिमा उल्लेख भए अनुसार सरकारी कर्मचारीका छोराछोरीलाइ अनिवार्य सरकारी बिद्यालयमा पढाउने व्यवस्था पनि राखिएको छ ।

एक शिक्षण संस्था एक उद्यम कार्यक्रम संचालन गरिने भएको छ गाउँपालिका स्तरीय सामुदायिक पुस्तकालय स्थापना गरिने कोरोनाका कारण पढाइ अबरुद्ध भएका बालबालिकालाइ परिपुरण शिक्षा कार्यक्रम संचालन गरिने र गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बिद्यालयमा शैक्षिक सुदृढीकरण कार्यक्रम र कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गरिने उल्लेख छ । साथै बाल बिकास केन्द्र आवस्यकता अनुसार थप्ने र मर्जको कार्यक्रम पनि संचालन हुने बताइएको छ ।

निशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाइने प्रत्येक स्वास्थ्य चौकी मार्फत कार्यक्षेत्रमा घरदैलोमा पुगेर स्वास्थ्य बीमा गराउने, सबै स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर स्थापना र आवस्यक उपकरण तथा सामाग्री उपलब्ध गराउने र सेन्टरमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिइने व्यवस्था छ । महिला स्वास्थ्य स्वयंसेविकाको निशुल्क स्वास्थ्य बीमा गरिने तथा चौमासिक रुपमा खाद्यसुरक्षा बैठक बसेर आवस्यकताको पहिचान गर्ने नीति समेत लिइएको छ । पूर्वाधारमा चक्रपथ निर्माण देखि सडक संजाल निर्माण गर्ने र पर्यटन बिकासका लागि सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने नीति लिइएको छ ।
सुशासन र संस्थागत बिकास तथा घरघरमा उद्यमी बनाउने योजनालाईपनि अगाडि बढाइने लक्ष राखिएको हो । ठूला आयोजना निर्माण गरेर आर्थिक समृद्धि भित्राउने लक्ष पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->