बागलुङ/ बागलुङ लगायत गण्डकी प्रदेशभर आज बिहानै भुकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ३ बजेर ५६ मिनेटमा कास्की केन्द्र बिन्दुभएर ४.९ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहानको समयमा ठुलै धक्का महसुस भए पनि धेरै मानिस निद्रामानै भएकाले थाहै पाएनन् । बागलुङमा केही मानिसहरु भुकम्पको धक्का पछि घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का कास्की, बागलुङ, पर्बत, म्याग्दी, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । भुकम्पका कारण केही क्षती भए नभएको बिषयमा भने जानकारी प्राप्त भैसकेको छैन् ।





