बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाले गरिवि न्युनीकरणलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि तथा पशुपालन र पूर्वाधारको विकास, बडिगाडको प्रगति एवं समृद्धीको निकास’ मुल नारालाई आत्मासाथ गर्दै गाउँपालिकाको समग्र बिकास मार्फत गरिवि न्युनीकरण गर्ने नीति गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सार्वजनिक गरेकी हुन् ।
गरिवि निवारणका लागि गाउँपालिकाको योजना पद्धतिमा दीर्घकालिन सोच, लक्ष्य, उद्देश्यसंग मेल खानेगरी आवधिक योजना सहितको दिर्घकालीन गुरुयोजना, वार्षिक कार्यक्रमहरु तय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।गाउँपालिकाको समग्र वस्तुगत तथ्यांकहरुको संकलन गरी सोहि तथ्यांकको आधारमा कार्यक्रमहरु निर्धारण गर्ने योजना सार्वजनिक भएको छ । स्वरोजगार तथा रोजगारीका अवसरहरु सिर्जना गर्ने, उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, कृषि, पशु क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र बीमा पद्धति लागु गर्ने साथै समुन्नत कृषी गाउँपालिकाको पहिचान निर्माण गर्ने कार्यलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा समावेश गरिएको छ । उर्जा, सडक, सुचना तथा सञ्चार र ग्रामीण, सहरी तथा विकासका लागि पुर्वाधार निर्माण साथै दिगो विकासको अवधारणालाई अवलम्बन गर्ने नीति लिईएको अधिकारीले बताईन् । गाउँपालिकामा परम्परागत र निर्वाहमूखी प्रणालीलाई आधुनिक कृषि प्रणाली तर्फ उन्मूख गर्दै कृषि उत्पादनमा मात्रात्मक र गुणात्मक बृद्धि गरी युवा जनशत्तिलाई कृषितर्फ आकर्षित गराउने कार्यक्रम संचालन गरिने उनले नीतिमा उल्लेख गरेकी छन् ।
‘पशुपंक्षीको नश्ल सुधार, उत्पादकत्व वृद्धिको आधार’ कार्यक्रम मार्फत सम्पूर्ण वडाहरुमा पालिएका गाई र भैसी मा कृतिम गर्भाधान गरि दुध उत्पादनमा वृद्धि गरिने भएको छ ।
गाउँपालिकाभित्रका प्रमुख पर्यटकीय क्षेत्रलाई पहिचान गरी संरक्षण तथा सम्बर्द्धनका निम्ति आवाश्यक पहल गर्ने नीतिमा उल्लेख छ ।
गरिव परिवार तथा वेरोजगार युवाहरुको सुचि तयार पारी गाउँपलिका मार्फत परिचयपत्र उपब्ध गनाउने नितिको अवलम्बन गरिने उल्लेख छ । उधोग व्यवसाय संचालन गर्न लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई लगानीका लागी प्रोत्साहन गरिने अधिकारीले बताईन् ।
नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न नागरिकको स्वास्थ्य प्रतिको संवेदनशीलतालाई ख्याल गर्दै तथा गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थालाई सुदृढ, व्यवस्थित एवं सेवा प्रवाहमुखी बनाउन संघीय सरकार तथा प्रदेश सरकारको स्वास्थ्य नीतिमा आधारित रहदै यस बडिगाड गाउँपालिकाबाट देहायबमोजिमका नीतिहरु अवलम्बन गरिने भएको छ ।





