बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रदूषित सहर र महामारी

प्रदूषित सहर र महामारी


  • Dhorpatan News
  • असार १३ २०७९, सोमबार

काठमाडौंका विभिन्न ठाउँमा हैजाको प्रकोप देखा परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका केही विरामीसहित अन्यमा हैजा देखिएपछि महामारी फैलने हो कि भन्ने चिन्ता थपिएको छ । बर्खायाममा हैजाजस्ता सरुवा रोगको प्रकोप बढ्न सक्छ । फोहर खानेपानी र अन्य कारणले यो समयमा रोग फैलने हो । हैजा झाडापखालायुक्त रोग हो ।

यो रोगले मान्छेलाई गलाउनेमात्रै नभएर ज्यान नै लिनसक्छ । भिब्रियो कोलेरा नामक ब्याक्टेरीयाका कारण हुने यो रोग दुषित खाना र पानीबाटै हुने हो र यसले लगातार दिसा गराउँछ । शरीरमा पानीको मात्रा कम हुँदा विरामीको मृत्यु हुनसक्छ । हैजाबाट जोगिन सफा र स्वच्छ खाना र पानी उपभोग गरिनुपर्छ । शौचालय गएपछि साबुनपानीले हात धुने, फलफूल र तरकारीहरु राम्रोसँग सफा गरेरमात्रै उपभोग गर्ने बानी बसाल्नुपर्छ ।

हैजा डरलाग्दो रोग हो । गम्भीर प्रकारको झाडापखालाबाट वर्षेनी विश्वमा १ लाख ४३ हजार मान्छेको ज्यान जाने गरेको तथ्याङ्क रहेको छ । नेपालमा पछिल्लो समय सहरी क्षेत्र असाध्यै फोहर हुँदै गएको छ । सहरमा क्रंक्रिटको जंगल बढेसँगै पानी सोस्ने ठाउँको अभाव भएको छ । बनेका शौचालय र त्यसबाट निस्कने सिपेजका कारण भूमिगत पानी फोहर हुने उपक्रम बढ्दछो छ । त्यतिमात्रै नभएर सहरभित्र रहेका नदीहरु प्रदूषित बनेका छन् । सहरमा बिक्री हुने फलफूल र तरकारी पखाल्न त्यही प्रदूषित पानी उपयोग गरिने र सहरका भान्छामा समेत प्रदूषित पानी नै पुग्ने हुँदा संक्रमणको जोखिम बढेर गएको छ । सहरको ढल व्यवस्थापन नहुँदा हैजाजस्ता संक्रमणहरु बढ्ने खतरा बढ्दै गएको छ । यो गम्भीरतालाई सरकारले बेलैमा संवोधन गर्नुपर्ने देखिएको छ । बिग्रँदो सहरी वातावरण, ढलको उचित व्यवस्थान र स्वच्छ खानेपानीको उपलब्धतातर्फ बेलैमा ध्यान नदिए भविष्यमा झन ठूलो महामारी फैलने खतरालाई नजरअन्दाज गरिनुहुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->