बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार १५ २०७९, बुधबार
फाईल तस्विर

बागलुङ/ बर्षा पछि झरेको पहिरोका कारण पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड लगायत बागलुङका बिभिन्न सडक अबरुद्ध भएका छन् । मंगलबार साँझदेखि निरन्तर भैरहेको बर्षासँगै बागलुङको गलकोट नगरपालिका–७ आगाखेतमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अबरुद्ध भएको हो ।

काठमाण्डौ, पोखरा र बागलुङ बजार लगायतका क्षेत्रबाट बुर्तिबाङ तथा पूवि रुकुमका लागि छुटेका सवारी र बुर्तिबाङ बजारबाट देशका बिभिन्न शहरका लागि छुटेका सवारी साधन आँगाखेतमा अलपत्र परेका छन् ।

पहिरो हटाउनका लागि गलकोट नगरपालिका, प्रहरी र स्थानीयले प्रयास गरिरहेको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । मध्यपहाडी लोकमार्ग बन्द हुँदा जिल्लाको पश्चिम क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->