बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगर खानेपानीको साधारण सभा सुरु

बागलुङ नगर खानेपानीको साधारण सभा सुरु


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७९, बिहिबार

बागलुङ/ लामो विवादपछि बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चौथो बार्षिक साधारण सभा शुरु गरेको छ । एकैपटक गर्न उपभोक्ता धेरै भीड गर्नुपर्ने भएपछि संस्थाले कलस्टर वाइज रुपमा साधारणसभा थालेको हो ।

बागलुङ नगरपालिका वडा नं. १, २, ३ र ४ मा वडास्तरीय कलस्टर वाइज साधारण सभा मंगलबारदेखि सुरु भएको हो । कलस्टर वाइज रुपमा संचालन गरिएको साधारण सभा बागलुङ नगरपालिका वडा नं. १ मा सम्पन्न भइसकेको छ ।

साधारण सभामा बोल्दै बागलुङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयबहादुर केसीले बजार क्षेत्रभित्र स्वच्छ, सफा र पर्याप्त मात्रामा पानी पु¥याउन सबै लाग्नुपर्ने बताए । उनले नेपाल सरकार र संस्थाको संयुक्त रुपमा संचालन भईरहेको सह–लगानी खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएमा बजार क्षेत्रभित्र पिउने पानीको दिर्घकालीन समाधान हुने भन्दै छिटो काम सक्न पनि आग्रह गरे ।
कार्यक्रममा संविधान सभा सदस्य एवं उपभोक्ता प्रकाश शर्मा पौडेल, नेकपा एमाले गण्डकी प्रदेश सदस्य एवं उपभोक्ता गिता शर्मा, सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका सचिव रामबहादुर केसीले साधारणसभामा प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । वडा नं. १ मा भएको साधारण सभा संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष निरज शाक्यको स्वागत र प्रबन्धक हिमाल प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । असार १४ गतेदेखि सुरु भएको कलस्टर वाइज साधारण सभा असार १६ गते वडा नं. २, असार १८ गते वडा नं. ३ र असार २० गते वडा नं. ४ मा संचालन गर्न लागिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->