बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इलाइब्रेरीमार्फम शिक्षामा सबैको पहुँच बढाइने

इलाइब्रेरीमार्फम शिक्षामा सबैको पहुँच बढाइने


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७९, आइतबार

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले कारागारका कैदीबन्दीलाई पुस्तकालयको व्यवस्थापन गर्ने बताएका छन् । विद्यामन्दिर पुस्तकालयले श्रेष्ठलाई सम्मान तथा साहित्यकार इन्द्र श्रेष्ठको रचनाको बिमोचन कार्यक्रममा बोलदै श्रेष्ठले कैदीबन्दीलाई नियमित पढ्ने वातावरण बनाउने बताए ।

अपराध गरेर मात्र नभइ परिबन्धमा परेर कारागार जाने समेत भएकोले उनीहरुलाई नियमित पढ्ने अवस्था सिर्जना गर्न पुस्तकालय बनाउन लागेको बताए । पुस्तकालयका लागि फर्निचार व्यवस्था भएको, अब पुस्तकको खोजी गरेको उनले जानकारी दिए । विद्यामन्दिरमा भएका पुस्तकसमेत समय मसयमा कैदीबन्दीले पढ्न पाउने गरी लैजान सकिने व्यवस्था भएमा झनै राम्रो हुने उनको भनाइ थियो ।

उनले पुस्तकालयले जिल्लाको शैक्षिक, राजनीतिक र सामाजक जागरणमा ल्याएको परिवर्तनको प्रसंसा गर्दे आगामी दिनमा पनि पुस्तकालयलाई सहयोग गने बताए । पुस्तकालयलाई अब डिजिटल रुपमा लैजानुपर्ने भन्दै श्रेष्ठले इलाइब्रेरी बनाउने अभियानमा साथ दिने पनि बताए । उक्त अबसरमा श्रेष्ठले साहित्यकार इन्द्र श्रेष्ठको संस्मरणात्मक पुस्तक कृतिको बिमोचन गरेका थिए ।

उक्त पुस्तकमा श्रेष्ठले आफ्नो बाल्यकालदेखि वृद्ध अबस्था, नेपाल देखि अमेरिका यात्राका स्मरण लिपिबद्ध गरेकी छिन् । उनले चुलोचौको देखि महिला उद्यमी, स्काउट र अन्य सामाजिक क्षेत्रमा लाग्दाको अनुभव समेत लेखेको बताइन् ।

कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष प्रा डा दिनबहादुर थापा, उपप्राध्यापक हरिप्रसाद पाण्डेय, सामाजिक अगुवा लालचन्द्र राजभण्डारी लगायतले आफ्नो मन्तव्य राखेका थिए । पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, रामचन्द्र शर्माको संचालन र राम थापा अविरलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पुस्तकालयले नगरप्रमुख श्रेष्ठ, वडा नंं ३ का अध्यक्ष शनिकुमार केसी लक्ष्मण र वडा नं. ४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीलाई पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->