बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ बसपार्कबाट लागुऔषधसहित चार जना पक्राउ

बागलुङ बसपार्कबाट लागुऔषधसहित चार जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार २० २०७९, सोमबार

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याईएको लागुऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आसंकामा चार जनालाई पक्राउ गरेको हो ।

फेनार्गन ९०५ एम्पुल, डाईजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित शंकास्पद चार व्यक्ति पक्राउ परेका हुन् । सोमबार दिउँसो एक बजेको सयमा बागलुङ नगरपालिका–३ चिप्लेँटी बसपार्कमा पार्किङ गरि राखेको लु २ ख ५३१६ नम्वरको बसबाट लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।

पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ बर्षिय कृष्ण प्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ बर्षिय सुरथ बहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ बर्षिय लोकबहादुर थापा र दाङ जिल्लाको लमाही नगरपालिका–६ का २५ बर्षिय रोशन चौधरी रहेका छन् । बसमा यात्रु ओहोरदोहोर गर्ने क्षेत्रमा कमव्याक झोलामा खैरो रंगको प्लाष्टिक टेपले बाँधेर लुकाईएको अवस्थामा लागुऔषध बरामद भएको थियो ।

सुराकीको आधारमा प्रहरीले उक्त बसलाई बुर्तिबाङ प्रबेश गरेदेखिनै पछि लागेको थियो । पार्किङमा रहेको बसमा लागुऔषध बरामद भएपछि उनीहरुलाई सुराकीकै आधारमा पक्राउ गरिएको हो । पछिल्लो समय बागलुङको बाटो भएर लागुऔषधको कारोवार गर्नेहरु बढेको सूचना प्रहरीले पाएको थियो । बरामद भएको लागुऔषध सुरक्षित राखिएको र आरोप लागेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->