बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अव्यवस्थित फुटपाथ र जनप्रतिनिधि

अव्यवस्थित फुटपाथ र जनप्रतिनिधि


  • Dhorpatan News
  • असार २२ २०७९, बुधबार

जनताको हक अधिकारको गीत गाउने बालेन शाह काठमाण्डौ महानगर पालिकाको नगरप्रमुख भएपछि धेरैले परिवर्तनको आस गरेका थिए । उनले खानेपानी फोहोरमैला व्यवस्थापन र पारदर्शीताकालागि धेरै काम थालनी गरिसकेका छन् । तर उनको केही काम बिबादित बनेका छन् । काठमाण्डौको सडक पेटीमा राखिएका निर्माण सामाग्री हटाउने तयारी नगर्दै मकै पोलेर बेच्ने देखि मजदुरी गर्नेलाइ हटाएर बिबादित बनेका छन् । उनको यो काम सकारात्मक सोचकालागि भएपनि पहिलो चरणमा फुटफाथका अन्य अबरोध हटाउनुपर्नेमा शुरुवातमै गरिब र मजदुरलाइ हटाउने कामले बिबाद ल्याएको हो । हटाइएका ठेलागाडा र मकै पोल्नेलाइ धपाउँदा तत्काल आम नागरिकले राम्रो मानेका छैनन् । उनी बिरुद्ध संचार क्षेत्र समेत खनिएको छ ।

राजनीतिक दललाइ पराजित गरेर स्वतन्त्र निर्वाचन जितेकोले बालेनलाइ धेरै चुनौती छन् । यतिबेला उनले सबैको मन जित्नेगरी काम थाल्नुपथ्र्यो । सडकमा यत्रतत्र छरिएका सामाग्री हटाएर अगाडि बढेको भए ठेलागाडा र मजदुरहरुपनि बिस्तारै आँफै केही पर बसेर सामान बेच्न तयार हुन्थे । पहिलो निसानामा मजदुर पर्नहुने थिएन भन्ने सबैको चासोको बिषय हो ।खउनको गीत संगीतको दुनिया भन्दा जनप्रतिनिधि भएर आएपछिको काम नितान्त फरक र मजदुरहरुको हित बिपरित भएको टिप्पणी छ । अर्थात बिकल्प बिना ठेलागाडा हटाएर राम्रो काम भएन ।

यो प्रसंग बागलुङमा पनि लागू हुन्छ । किनकी सफा र सभ्य बागलुङ नगर बनाउने हो भने यत्रतत्र छरिएका निर्माण सामाग्री व्यवस्थापन गर्ने, अव्यवस्थित पार्क हटाउने र घर अगाडि अनिवार्य फुटपाथ निकाल्ने काम थाल्नुपर्छ । यहाँ त घर अगाडि आफ्नो जग्गा नराख्ने, नाली समेत ओगटेर सामाग्री राख्ने, अनि बाध्य भएर सडकमा हिडेका पैदल यात्रीलाइ असभ्य भनेर आरोप लगाउने काम भएको छ । बागलुङ बासीहरु सडकको बीच बीचमा हिड्ने गरेको सत्य हो । तर कुनैपनि सडकमा पैदलयात्री हिड्ने फुटपाथ छैन । सडकनै ढाक्ने गरी निर्माण सामाग्री राखिएका छन् । पसलमा बेच्ने सामान बाटै सम्म राखिन्छ । कतिपय स्थानमा बेथिती सँग सवारी साधन पार्क गरिएका छन् । दोहोरो पार्कपनि गरिन्छ । अनि पैदल यात्री कताबाट हिड्ने ?

असभ्यताको आरोप लगाउनु अघि हरेक घरवालाहरु सभ्य बन्ने हो की? किनकी उनीहरुको कारणले यात्रीले चाहेर पनि सडकको किनारा लागेर हिड्न पाएका छैनन् । जथाभावी हाँक्ने दुइपाङ्ग्रे सवारीले झनै जोखिम बढाएको छ । ट्राफिक व्यवस्थापनको कुरा चलेपनि नगरपालिका र बजारबासीको सहयोग नपाएकै कारण व्यवस्थापनको काम अगाडि बढ्न नसकेको हो । बागलुङको पुरानो बजार क्षेत्रमा त दोहोरो सवारी पास हुन पनि नसक्ने अबस्था छ । जसका कारण सामान छाड्न समेत जाने जिपले फर्कन नसकेर हैरानी खेप्छन् । बजारबाटै सिगाना तित्याङ हुँदै जाने सडकको मुख्य नाका पनि खुल्न सकेको छैन । निर्माणाधिन सडक आयोजनाले पनि काम गर्न नसकेको अबस्था छ ।

बाढी र पहिरोले पनि बजार क्षेत्र जोखिममा छ । ठूलो पानी पर्नासाथ बजारमा आउने भलबाढी नियन्त्रण भएको छैन । कतिपय स्थानमा नाली नै सानो छ कतिपय स्थानबाट पानी तर्काउनुपर्नेमा तर्काइएको छैन । जसको कारण मुख्य बजार नै जलमग्न हुन्छ । नालीमा भएको दुर्गन्ध सडकमा निस्केर फेरी जनताले सास्ती खेप्न बाध्य छन् । तसर्थ अब स्वच्छ नगर बनाउने हो भने फोहोर मैलाको सफmाइ जस्तै सडक पेटी र फुटपाथ पनि व्यवस्थापन गरौं । अनिमात्र सफा नगरको परिकल्पना पुरा हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->