बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चट्याङले ट्रान्सफर्मटर पड्किँदा १ सय ६६ घरमा अन्धकार

चट्याङले ट्रान्सफर्मटर पड्किँदा १ सय ६६ घरमा अन्धकार


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७९, बिहिबार
फाईल फोटो

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको ५० किलो भोल्ट एम्पीयर (केभीए)को बिद्युत ट्रान्सफर्मटर पड्किँदा चार दिनदेखि बिद्युत सेवा अबरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका एक सय ६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।

बिद्युत आपूर्ती बन्द हुँदा स्थानीयले कुटानी पिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् । धुल्लुबास्कोटमा सामुदायीक विद्युतीकरणमार्फत केन्द्रिय प्रसारण लाईन बिस्तार गरिएको थियो । ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भएपनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । ‘प्राधिकरणमा खबर गरेर तत्काल मर्मतको काम गर्न वा अर्को ट्रान्सफर्मर जडानका लागि भनेको छु’ शर्माले भने ‘लामो समय अन्धार रहन्न, छिट्टै विद्युत सुचारु हुन्छ ।’

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले सामुदायीक बिद्युतीकरण भएकाले समुदायले नै मर्मतको काम गर्नुपर्ने जनाएको छ । ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशिल सामुदायीकको समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलिप मराशिनीले बताए ।

बर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाईनका कयौं पोलहरुमा समेत क्षति पु¥याएको छ । ठाउँ ठाउँमा तारहरु बेरिएको अवस्थामा रहेको, पोलहरु पल्टिएको र रुखहरु तारमा झुण्डिएको अवस्थामा रहेको स्थानीयले बताए ।

त्यस्तै, चट्याङले बागलुङको ताराखोलामा १३ वटा पशु चौपाया मरेका छन् । ताराखोला गाउँपालिकाका बिभिन्न गाउँहरुमा भैसी, गाई र गोरु मरेको हुन् । चट्याङले गोठमा बाँधेका ८ वटा माउ भैसी र पाँच वटा गाईगोरु मारेको गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । एउटै गोठका तीन चार वटा गाई भैंसी मारेकाले किसान मर्कामा परेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->