बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ट्रमा सेन्टर : चर्चा ७ वर्षदेखि, कहिले बन्छ पत्तो छैन

ट्रमा सेन्टर : चर्चा ७ वर्षदेखि, कहिले बन्छ पत्तो छैन

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले पोहोरको पैसाले सामान खरिद गरेको तर कुन सामान किनेको नभनेपनि प्रक्रियाले ढीला भएको दाबी गरे ।


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७९, शनिबार

बागलुङ/ २०७१ सालमा सडक दुर्घटनामा संविधानसभा सदस्य हरि खड्काको निधन भयो । समयमा उपचार पाएको भए उनी बाँच्थे भन्ने चर्चा भएपछि धौलागिरि अस्पतालमा ट्रमा सेन्टर बनाउनुपर्ने आवाज उठे ।
त्यसपछिको संघिय नीति तथा कार्यक्रममा धौलागिरि अस्पतालमा ट्रमा सेन्टर बनाउने भन्दै सम्बोधन भयो । तर सात बर्ष बितिसक्दा पनि ट्रमा बन्ने अझै सुरसार छैन । गत आर्थिक बर्षका लागि गण्डकी प्रदेश सरकारको ५० लाख बजेट बिनियोजन गरेपनि सेन्टर बनेको छैन ।

पोहोर साल पैसा आएर पनि काम नभएको भन्दै व्यवस्थापन समितिमा छलफल शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने पोहोरको पैसाले सामान खरिद गरेको बताएका छन् । कुन कुन सामान किनेको नभनेपनि सामान किनेर राखेको र अन्य प्रकृयाले ढीला भएको दाबी गरे ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको धेरै किमी खण्ड बागलुङमा पर्छ । दैनिक जसो दुर्घटनाका बिरामी आउँदा उपचारमा कठिनाइ भएपछि ट्रमा सेन्टरको माग भएको थियो । २०७१ सालमा सडक दुर्घटनामा मृत्यु भएका संविधानसभा सदस्य हरि खड्काको स्मृतिमा ‘हरि खड्का ट्रमा सेन्टर’ बनाउने संघिय सरकारको नीति र प्रदेशको बजेटसमेत कार्यान्वयनमा ढिलाइ भएको हो ।

व्यवस्थापन समितिका पदाधिकारीले उक्त रकमको सामान खरिद भएको जानकारी पाएको बताए । ‘मेडिकल सुपरिटेण्डेन्टले सामान खरिद गरेर राखेको छ भन्नुभयो, अरु थाहा भएन’ समितिका सदस्य कृष्णशंकर श्रेष्ठले भने, ‘सामान किनेर मात्र सेवा चल्दैन, के आवस्यक हो त्यो खोजम भनेका छौं ।’ अस्पतालको सी ब्लक निर्माणाधिन भएकोले सेवा चलाउन नसकेको भन्दै प्रशासनले अन्य काम थाती राखेको उनले बताए ।

झण्डै ५ बर्षअघि नै सकिनुपर्ने सी ब्लक अझै अलपत्र छ । अस्पतालमा सिटीस्क्यान भएपछि मात्र ट्रमा सेन्टर चल्ने डा. पोखरेलले बताए । गण्डकी प्रदेश सरकारले चालु बर्षका लागि सिटी स्क्यान राख्न १० करोड रुपैयाँ बिनियोजन गरेको छ । साथै, ट्रमा सेन्टर संचालन गर्न अर्थोपेडिक बिशेषज्ञ डाक्टर, कन्सल्टेन्ट फिजिसियन र नर्स आबस्यक पर्ने उनले बताए ।

ट्रमा सेन्टर चलाउन स्वास्थ्य मन्त्रालयले ओएनएम सर्भे गरेर दरबन्दी, उपकरण र प्रविधिबारे प्रतिवेदन दिएपछि मात्र सकिने व्यवस्था छ । ‘ट्रमा कक्ष भए कति बेड, सेन्टर भए कति भन्ने यकिन हुनुपर्छ’ उनले भने, ‘हाम्रो भौतिक र जनशक्तीको क्षमता अनुसार मात्रै ट्रमा उपचार संभव छ ।’ व्यवस्थापन, सरकार र प्रशासनको साझा बुझाइपछि मात्र सेन्टर चल्न सक्ने उनले बताए ।

दुर्घटनामा घाइते भएकाहरुलाई ट्रमा सेवा चाहिन्छ । सेवा संचालन नभएकोले तत्काल पोखरा वा अन्य सहरी क्षेत्रमा रिफर गर्ने चलन छ । हेलिकोप्टरबाट समेत पठाउँदा बिरामीको लाखौं कम खर्च हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->