बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेकपा महासचिव विप्लव र बागलुङका आजाद विरुद्ध पक्राउ पुर्जी जारी

नेकपा महासचिव विप्लव र बागलुङका आजाद विरुद्ध पक्राउ पुर्जी जारी


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७९, सोमबार

काठमाडौं – ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव र बागलुङका टेक वहादुर केसी आजाद लगायतका नेता विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी हुनेहरुमा विप्लव र विश्वकर्मासँगै सुर्खेतका धर्मेन्द्र बास्तोला, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर लगायतका छन् ।
अदालतले ३५ दिन भित्र अदालतमा उपस्थित हुन उनीहरुलाई भनेको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->