बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखराको डुबान र भू-उपयोग नीति

पोखराको डुबान र भू-उपयोग नीति


  • Dhorpatan News
  • साउन १८ २०७९, बुधबार

सहरलाई अवसर र सुरक्षित बासस्थान मानिन्छ । तर,पछिल्लो समय नेपालका सहरहरु असुरक्षित र अव्यवस्थित बनेका छन् । भीडभाड एकातिर छ, फोहरको समस्या अर्कोतिर । ठूला सहरहरुले खानेपानी,ढल निकासको समस्या पनि भोग्दै आएका छन् । अव्यवस्थित र असुरक्षित निर्माणका कारण पोखराजस्ता सहरहरुले अर्को पनि समस्या भोग्नु परेको छ ।

पोखराका केही ठाउँहरु पानी पर्नासाथ जलमग्न हुन थालेका छन् । पानीढलो मिचेर,खोलानाला अनि भलको पर्वाहविनै भौतिक निर्माण हुँदा यस्तो समस्या देखिएको हो । पोखराका २५,१७,१३ नम्बर वडामा यो समस्या डरलाग्दो बनेको छ भने अन्य केही वडाहरु पनि खतराको सूचीमा छन् ।

पानीको निकास रोकेर बस्ती बसाल्दा उत्पन्न भएको समस्या समाधानको लागि जनप्रतिनिधिहरु एक्साभेटर लिएर हिँडेका छन् । तर, यो दीगो समाधानको उपाय हैन । पानीले निकास खोज्छ र त्यसलाई निकास दिनैपर्छ । पानीलाई थुनेपछि उत्पन्न हुने भनेको विपत्ति नै हो । पोखराका केही ठाउँहरु डुवानमा पर्नुलाई त्यही रुपमा हेरिनुपर्छ । ती ठाउँहरु बस्ती बसाउन उपयुक्त थिएनन् भन्ने बुझ्नुपर्छ ।

धाप र सिमसार क्षेत्रमा घर निर्माण रोकिएको छैन र त्यसले अझ ठूलो विपत्तिलाई आमन्त्रण गर्नसक्छ । ढल निकास र डुवानको समस्या निम्तनुको कारणलाई अन्य नगरहरुले पनि बेलैमा बुझ्नुपर्छ । भूउपयोग नीति र त्यसको कडाइका साथ कार्यान्वयनमा ध्यान दिनुपर्छ । २०३१ सालतिर तत्कालीन आवास, भवन तथा भौतिक योजना विभागको सहयोगमो ‘पोखराको भौतिक विकास योजना २०३१’ तयार पारिएको थियो । सो योजनाले तत्कालीन १८० वर्ग किलोमिटर क्षेत्रफललाई आधार मानेको थियो ।

योजनामा मुस्ताङबाट काठमाडौँ र भारततर्पm जाने व्यापारिक मार्गको वरिपरि भएको बस्ती विकासलाई महत्व दिएको थियो । योजनाले पोखरालाई पश्चिम क्षेत्रको हरित बगैँचा सहरको रुपमा विकास गर्ने, प्राकृतिक सौन्दर्यको संरक्षण गर्ने, स्वस्थ्य र उत्कृष्ट बासस्थानको सहर बनाउने लक्ष्य लिएको छ । तत्कालीन अवस्थालाई हेरेर भू–उपयोगलाई आवासीय, मिश्रित आवासीय र व्यापारिक क्षेत्र, संस्थागत, खेलकुद, संरक्षण, प्राकृतिक पार्क तथा धार्मिक, विमानस्थल, यातायात सेवा, औद्योगिक क्षेत्र, नियन्त्रित पर्यटन विकास क्षेत्र ग्रामीण क्षेत्रमा विभाजन गरिएको थियो ।

यो असाध्यै सुन्दर योजना थियो । तर,आशिंकमात्रै कार्यान्वयनमा ल्याइयो । आवास क्षेत्रको जुन परिकल्पना थियो,त्यसलाई भताभुङ्ग पारियो । ठाउँ बेठाउँ प्लटिङ गरेर खेतीयोग्य जग्गा मास्ने काम भयो । पोखराको दुर्भाग्य त्यहीँबाट सुरु गराइयो । पोखरा महानगरले नै २०७८ सालमा जोखिम तथा समावेशीता संवेदनशील भू– उपयोग योजना तयार पारेको छ । सो योजनाले पोखराको भू–उपयोग योजना तर्जुमा तथा भवन मापदण्डलाई अद्यावधिक गर्न सघाउने उद्देश्य राखेको छ ।

कम्तिमा त्यही योजना कार्यान्वनमा ल्याइए पनि यहाँका धेरै समस्या समाधान हुन्छन् । पोखरा धेरै बिग्रिसकेको छ । जोखिमपूर्ण क्षेत्रमा बस्ती बस्दा सम्भावित जोखिम बढेको छ । भवितव्य पर्दा राज्य नै अगाडि सर्नुपर्छ । त्यसैले भू–बनोट कमजोर भएका क्षेत्रमा बस्ती विकासलाई रोक लगाउनैपर्छ ।

सो क्षेत्रको उपयोग कसरी गर्ने भन्ने छुट्टै विषय हो । महानगरले ‘पोखरा रणनीतिक योजना २०२१’पनि तयार पारेको छ । ४६४.२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बृहत्तर पोखराको त्यो रणनीतिक योजनालाई दराजमा थन्क्याउनु भएन । योजना बनाउने तर कार्यान्वनयमा नआउने पुरानो रोगको निदान खोज्नुप¥यो । कम्तिमा विपत्तिको समाधानको उपायतर्फ ध्यान दिनुप¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->