बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाँदरबाट बाली जोगाउनै कठीन

बाँदरबाट बाली जोगाउनै कठीन

एकदुई जनाको हप्काइ र कार्वन बन्दुकलाई बाँदरले टेर्नै छाडेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७९, शुक्रबार

बागलुङ/ काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बालिनै रहन्न । बिहान उज्यालो हुँदा किसानको खेतबारीमा पुग्ने बाँदरले रात नछिपिँदासम्म छोड्दैन् । यहाँका अधिकांश किसानको दिन बाँदरसँगको लुकामारीमा बित्ने गरेको छ । खेतमा लगाएको आधाउधी मकैमात्रै घरमा भित्र्याएका किसानले बारीको बालीपनि राम्रोसँग लिन पाएनन् । बिहानै खेतबारीको डिलमा पुगेर दिनभर बाँदरसँग लुकामारी खेल्ने किसान साँझ डोकोभरी मकैको पोस्कर बोकेर घर फर्किन बाध्य छन् । ‘एकदुई जनालाई त बाँदरले टेर्दैन्, लखेट्दा लखेट्दै लान्छ पाक्ने बेलाको बाली’, बिहुँका किसान गुरुप्रसाद कँडेलले भने, ‘यो बाँदरको नियन्त्रण नगरे त गाउँमा बस्नै नसकिने अवस्था आयो ।’ घरमा भित्र्याएका अन्नबाली समेत बाँदरले घरभित्रै पसेर मास्न थालेको उनको गुनासो थियो ।

बिहुँमा अधिकांश उव्जाउ हुने जमिनमा जंगल हटाइएको छ । खेतबारीका छेउछाउमा रहेका रुखहरुले उत्पादनमा क्षति पु¥याएको भन्दै किसान आफैले धेरै काम नलाग्ने रुखहरु हटाए । उव्जाउ जमिन नजिकैका रुखहरुका कारण एकातर्फ उत्पादन घट्ने र अर्कोतर्फ बाँदरको बास बनेकाले. रुख त काटियो तर समस्या भने समाधान भएको छैन् ।

‘पहिले पहिले यतिभाँती बाँदर आएको थाहै थिएन्, एकाध दिनमा आएको बाँदर धपाउँदा जान्थ्यो’, कँडेल भन्छन् ‘अहिलेको बाँदर त एक्लै देखे पिट्न आउँछ ।’ खेतबारीमा लगाइने धान, मकै, कोदो, गहुँ बालीका अलावा करेसाबारीमा लगाइने तरकारी बालीमा समेत बाँदरले क्षती पु¥याउने गरेको कँडेलले सुनाए । बिहुँमा सुन्तलाको बगानहरु धेरै छन् । सुन्तलाको याममा बगान पसेको बाँदरले उक्त बालिमा समेत क्षती गर्ने गरेको छ ।

बागलुङमा बाँदरको समस्या बिहुँमा मात्रै होइन । जिल्लाका अधिकांश किसान बाँदरको आतंकबाट प्रताडित छन् । हिउँदको समयमा भन्दा वर्षाको समयमा बाँदरले किसानलाई बढी पीडा दिने गरेको छ । ‘असारे खेतको मकै यसपाली बाँदरले नखाइ भित्रयाइयो तर बारीमा लगाएको मकैमा दानासमेत नलाग्दै हातबाटै खोसेर लग्यो’, जैमिनी नगरपालिका–१ की किसान गंगादेवी शर्माले भनिन् ‘महंगो बीउ मल,
खेताला हालेर लगाएको बाली बाँदर पाल्नलाई भइरहेको छ ।’ किसानहरुले बाँदर नियन्त्रणका लागि स्थानीय सरकारसँग हारगुहार गर्ने गरेका छन् ।

जैमिनी नगरपालिकाले बितेका तीन वर्ष बाँदर नियन्त्रणका लागि कहिले कार्वन बन्दुक बितरण गर्ने त कहिले हेरालो राखेर खाजा खर्च दिने कामसमेत ग¥यो । काठेखोला गाउँपालिकाले पनि दुई वर्ष बाँदर नियन्त्रणका नाममा लाखौं रकम खर्चेको थियो । ‘बाँदर नियन्त्रणका लागि ल्याइएको कार्वन पड्काउने प्लाष्टिकको बन्दुकले पहिले पहिले त बाँदर भाग्यो, आजभोलि त गिज्याउँछ’, जैमिनी नगरपालिका–४ का लेखनाथ शर्मा भन्छन् ‘अव यहाँको बाँदर छोपेर निकुन्जमा नपु¥याइ उपाए छैन् ।’ बाँदरकै समस्या देखाएर बसाई सरेर हिँड्नेहरु बढेको उनले सुनाए ।

पहिले पहिले गाउँ छेउमा आएका बाँदर चौतारी, पोखरीका छेउछाउमा रहेका बरपीपलका दानाहरुमा भुल्ने र त्यहीँबाट फर्किने गरेको भएपनि अहिले बाँदर सरासर घर घरमा पस्न थालेको किसानहरु बताउँछन् । यहाँका स्थानीय तहहरुले बाँदर नियन्त्रणका लागि जंगलमानै बाँदरका लागि आहाराको व्यवस्था गर्न बिभिन्न कार्यक्रम बनाएका भएपनि प्रभावकारी कार्यान्वयनमा छैनन् । किसानको समस्यालाई मध्यनजर गरेर नै आउँदो आर्थिक बर्षमा ‘फुड फरेष्ट’ कार्यक्रम ल्याएको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । काठेखोला गाउँपालिका–७ ले दुई वर्ष पहिलादेखिनै जंगलमा फलफूलका बिरुवा रोप्न सुरु गरीसकेको छ । स्थानीय तहहरुले बनाएका योजनाले दीर्घकालीन रुपमा समस्यालाई सम्बोधन गर्ने भएपनि तत्कालका लागि किसान र बाँदरको लुकामारीले ठूलो समस्या भएको किसानहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->