बागलुङ/ बागलुङको बिभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी मजदुरहरु संगठित भएका छन् । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गठन गरेर उनीहरु संगठित भएका हुन् ।
सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियनको रुपमा रहेको संघमा सदरमुकाममा रहेका अधिकांश कार्यालयका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको सहभागिता रहेको छ । संघको गण्डकी प्रदेश कमिटिले शनिबार बागलुङ बजारमा भेलाको आयोजना गरी युद्ध बहादुर शाहीको अध्यक्षतामा ११ सदस्य रहेको जिल्ला कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा बिमला बोहरा, सचिवमा जीवन शर्मा, सह–सचिवमा रुपक शर्मा र कोषध्यक्षमा अर्जुन ढकाल चयन भएका छन् ।
सदस्यहरुमा डिल बहादुर केसी, होमकली थापा, राजेन्द्र क्षेत्री, रीता क्षेत्री, राजेन्द्र पौडेल र इश्वर जिसी रहेका छन् । अस्थायी, करार र ज्यालादारी सरकारी मजदुरहरुको हकहित र पेशागत संरक्षणको काम गर्नेगरी कमिटि गठन भएको अध्यक्ष ठकुरीले बताए ।





