बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्तनपान सप्ताह शुरु

स्तनपान सप्ताह शुरु


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७९, सोमबार

बागलुङ/ विश्व स्तनपान सप्ताहलाइ बागलुङमा पनि सांकेतिक रुपमा मनाइएको छ । नवजात शिशुले आमाको दूध खान पाउने अधिकार सुरक्षित गर्ने र आमाले पनि बालबालिकालाई दूध चुसाउने बानीको बिकास गर्न सप्ताह मनाइएको हो ।

देशभर मनाउने अभियान स्वरुप आइतवार बागलुङ नगरपालिका वडा नं. १ मा काखमा रहेका शिशु र आमा समेतको उपस्थितिमा दिवश मनाइएको हो । उक्त अबसरमा पब्लिक नर्स तारा शर्माले स्तनपान गराउने तरिका, आमा र शिशुको स्वास्थ्य तथा दूध चुसाउँदाको फाइदा बारे जानकारी गराएकी थिइन् । उनले आमाको स्वास्थ्यकालागि पनि दूध चुसाउनु पर्ने बताइन् । बाहिरी बस्तु खुवाउनु साटो आमाको दूध चुसाएका बालबालिका बलियो, निरोगी र बौद्धिक रुपमा पनि क्षमताबान हुने गरेको उनले जानकारी गराइन् ।

बागलुङ नगरपालिका वडा नंं १ , स्थानीय स्वास्थ्य संस्था, रोट्रयाक्ट क्लब अफ बागलुङ र बेलनेस टिमको संयुक्त आयोजनामा दिवश मनाइएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आमा र बालबालिकाको स्वास्थ्यकालागि नगरपालिका सचेत रहेको बताए । उनले त्यो अभियानकालागि आमाहरु पनि सचेत बन्नुपर्ने औल्याए ।

रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापाको अध्यक्षता, ताराप्रसाद शर्माको संचालन र वेलनेस टिमकी नितु खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष जयबहादुर केसी, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल लगाएले स्तनपान सप्ताहको औचित्य र आवस्यकता बारे प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->