बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटन २० औं बर्षमा प्रबेश

ढोरपाटन २० औं बर्षमा प्रबेश


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७९, बुधबार

पोखरा/ ढोरपाटन दैनिक पत्रिका २० औं बर्षमा प्रवेश गरेको छ । बागलुङबाट २०६० साल भदौ १ गते प्रकाशन आरम्भ गरेको पत्रिकाले मंगलबार २० औं वार्षिकोत्सव मनाएको हो । पोखरा र बागलुङबाट एकसाथ प्रकाशन हुँदै आएको पत्रिकाले बुधबार पोखरामा एक विषेश कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको सम्पादक हरिनारायण गौतमले बताए ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले संचार क्षेत्रको सहमति बिना गण्डकी सञ्चार विधेयक अघि नबढाइने बताए । संसदमा रहेका सबै दलहरुको
सहमतिमा नै विधेयक तयार भएको भन्दै उनले पत्रकार र सञ्चार क्षेत्रको गुनासो आउनेगरि जबर्जस्ती विधेयक अघि नबढ्ने बताए ।

कार्यक्रममा बोल्दै साहित्यकार तीर्थ श्रेष्ठले अहिले मानिसहरु आँफैमा सुधार आवश्यक रहेको बताए । समाज सुधारका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै श्रेष्ठले समाजको ऐना बन्न सञ्चार क्षेत्रलाई आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले सरकारलाई सचेत बनाउने काममा सञ्चार क्षेत्र अब्बल रहेको बताए । पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले तीनै तहका सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ कास्की शाखाका सचिव माधव बरालले बोलेका थिए ।

पत्रिकाले कला, साहित्य, संगीत र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेलाई हरेक बर्ष प्रदान गर्दै आएको ‘ढोरपाटन सम्मान–२०७७’ बाट साहित्यकार तीर्थ श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै ढोरपाटन दैनिकका लागि नियमित विज्ञापन उपलव्ध गराउने बिज्ञापन दाता रुसन सापकोटालाई सम्मान गरेको छभने सञ्चारगृह भित्रका दुईजना पनि पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा समाचार लेखनतर्फ संवाददाता विजय नेपाली र बजार व्यवस्थापनतर्फ दिवाकर चापागाईं रहेका छन् । उनीहरुलाई जनही १५ हजार रुपैयाँ र कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सम्पादक हरीनारायण गौतमले पत्रिकाको निरन्तरताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

संपादक गौतमको अध्यक्षता, पोखरा ब्यूरो प्रमुख बासुदेव मिश्रको स्वागत र सह–सम्पादक तारानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ढोरपाटनले वार्षिकोत्सवको अबसरमा ‘काँध थाप्ने पुस्ता’ विषेशांक प्रकाशन गरेको छ । विषेशांकमा गण्डकी प्रदेशमा व्यवसाय र राजनीतिमा हस्ताक्षेपकारी पुस्ताको आगमनको विषयमा सामग्रीहरु समावेश छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->