बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तालिवान शासनको एक वर्ष

तालिवान शासनको एक वर्ष


  • Dhorpatan News
  • भाद्र २ २०७९, बिहिबार

अफगानिस्तानको सत्ता तालिवानले लिएको एक वर्ष पुगेको छ । तालिवानले सत्ता लिएपछि त्यहाँको मानव अधिकारको अवस्था झन बिग्रदै गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । महिलाहरुलाई बाहिर काम गर्न निषेध गरिएको छ भने उनीहरु पढाइबाट वञ्चित बनेका छन् ।

माध्यमिक विद्यालयहरु बन्द गरिएका छन् ।जागिर छोड्न बाध्य बनाइएका महिलाहरु चिन्तित छन् । हिंसामा लोग्ने गुमाएका महिलाहरुको अवस्था त झन चिन्ताजनक देखिएको छ । अवस्था कति बिग्रेको छ भने, ग्रामीण क्षेत्रमा भोकमरीको सम्भावना बढेर गएको छ । आम नागरिकहरु भोकले सताइएका छन् । सत्ता लिनासाथ महिलाहरुलाई विभेद नगर्ने प्रतिवद्धता जनाएको तालिवानले त्यसलाई व्यवहारमा लागू गरेन । युद्ध समाप्त भएकोमा नागरिकहरु खुसी त थिए तर अहिले त्यो निराशमा परिणत भएको छ । तालिवान सरिया कानून अनु्सार सत्ता चलाउन उद्यत देखिएको छ । पुरुषलाई दाह्री काट्न निषेध गरिएको छ । अफगानिस्तान साँच्चिैक बस्नलायक ठाउँबाट डरलाग्दो राज्यमा परिणत भएको छ ।

अफगानिस्तान नेपालको छिमेकी नै हो । त्यहाँ नेपाली राजदूतावास भने छैन । सिंगो विश्वले अफगानिस्तानको मानव अधिकारबारे चिन्ता जाहेर गरिरहँदा नेपालले पनि त्यो देशबारे चासो राख्नैपर्छ । त्यहाँको भू–रणनीतिक महत्व र छिमेकीको स्वार्थको बाछिटाको मार नेपालले खेप्नुपर्ने अवस्थाको नजरअन्दाज गरिनु हुँदैन । अफगानी जनताले पाएको दुःखमा सहानुभूति देखाउनैपर्छ ।

नेपाल एक्लैले त्यहाँको अवस्था सुधार गर्न सक्दैन । यसको लागि सिंगो अन्तर्राष्ट्रिय जगत नै एक हुनुपर्छ । तालिवानीहरुलाई मानव अधिकारको न्यूनतम मापदण्ड कायम गराउन दवाव दिनुपर्छ । मान्छेलाई मान्छेजस्तै व्यवहार गरिनुपर्छ भन्ने आवाज बुलन्द पार्नुपर्छ । तालिवानीहरुको व्यवहारले अतिवादीहरु कहिल्यै सुध्रदैनन् भन्ने पुष्टि भएको छ । अतिवादीहरुलाई निरुत्साहित गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->