बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अव्यवस्थित सडक र प्रकोप

अव्यवस्थित सडक र प्रकोप


  • Dhorpatan News
  • भाद्र २९ २०७९, बुधबार

एक सातादेखि बागलुङ नगरपालिका ११ रायडाँडाको तल्लो रामतोला पहिरोको चपेटामा परेको छ । पहिरोले किसानको खेतबारी मात्र हैन गोठ घर पनि जोखिममा पारेको छ । सिंगो बस्ती जोखिममा छ ।

खानेपानीको ट्यांकी र बिद्युतका पोल बग्दा स्थानीयले सास्ती खेपेका छन् । न सुरक्षित बसाइ छ, न त खानेपानीको व्यवस्था । तत्काल मर्मत वा पुन निर्माण गर्न सकिने पहिरो पनि छैन । त्यसैले सुरक्षित स्थानमा बस्ने बाहेक अरु उपाया देखिदैन । जिल्ला दैविप्रकोप उद्दार समितिले पनि पहिरो व्यवस्थापन गर्न सकिने अबस्था देखेको छैन । बरु सुरक्षित स्थानमा बस्ने वातावरणको खोजीनै गर्न लागेको देखिन्छ ।

गत असार र भदौमा गलकोट क्षेत्रमा ठूला पहिरो झरे । मानवीय क्षति नभएपनि पशुचौपायाको क्षति भयो । सयौं रोपनी खेत बगर बनेको छ । सडकहरु भत्केर जीर्ण बनेका छन् । ती सडक बनाउन लाखौं खर्च लाग्छ । किसानको पुरिएका खेत पुरानै अबस्थामा ल्याउनै नसक्ने देखिएको छ । कतिपय खेत त बगर बनेका छन् । तीन बर्ष अघिको ढोरपाटन पहिरोपनि उस्तै छ । अझै पहिरो पन्छाएर जनताको घरखेत बन्ने अबस्था छैन । यी सबै घटनामा सडक दोषी छ ।

ग्रामीण सडक होस् वा राष्ट्रिय आयोजनाका सडक हुन् । सबैमा डोजर संस्कृति हावी छ । सामान्य स्थानमा पनि डोजर, एस्काभेटर र ब्रेकर लगाउने प्रवृत्ति, दुइचार घरलाई सडक लैजाने निहुँमा जथाभावी खन्ने संस्कारले नेपालीहरुको बस्ती बस्तीमा पहिरो पुगेको छ । अर्थात डोजरे बिकासले दिनदिनै बस्तीहरु बगर बनेका छन् । खेतीपाती बगेको छ । किसानहरुको घरखेत बग्दा बिस्थापित बनिरहेका छन् । लाखौं करोडौ खर्च एकातर्फ छ भने उपलब्धी शुन्य छ । न सवारी चढेर गाउँका बस्तीमा पुग्न सकिन्छ, न त किसानको उत्पादनले बजार पाएको छ । बरु सदरमुकामबाट आयातित सामान ढुवानी गर्ने र रित्तो गाडि फर्कने काम भएको छ । राजमार्गहरु बनाउँदा पनि नाली नबन्ने, भलबाढी तर्काउने काम नगर्दा खोलाखोल्सीमा जाने बाढी गाउँ पस्न थालेको छ । सडकले पानी ढलो बिगार्दा नसोचेका स्थानमा बाढी पसेका छन् । ती बाढीले बस्ती खेतीपाती बगर बनाइदिएको छ ।

यस अघि गाउँमै उत्पादन गरेर खाने र खानकालागि बर्षभरी पु¥याउने संस्कार अहिले छैन । सहरमा युवा बस्ने, गाउँमा बुढाबुढी आमाबाबु बस्ने । सहरको खाद्यान्न ढुवानी गरेर लैजाने, सडककालाग जथाभावी जमिन खन्ने संस्कारले न उत्पादन गर्न सकिन्छ, न माटो जोगाउन सकिन्छ । अहिले त अधिकांस बस्ती समेत जोगाउन धौधौ भैसकेको छ । खसेका पहिरो र बिस्थापित जनताको घर पुन निर्माण गर्ने भन्दा एकीकृत बस्ती बिकास गरेर छुट्टै स्थानमा लैजान सके राम्रो हुने देखिन थालेको छ । जहाँ पहिरो गयो, त्यही राख्न खोज्दा राज्यको धेरै पैसा मात्रै खर्च हुने अबस्था पनि छ । यो अत्यन्त दुःखद पक्ष हो । अर्थात अबका दिनमा राज्य वा स्थानीय पालिकाले खेतीपाती, जंगल, बस्ती र अन्य क्षेत्र पहिचान गर्नुपर्छ । बस्ती भएका स्थानमा एकीकृत सेवा लैजाने, खेतीपाती गर्ने स्थानमा उचित सिंचाइको व्यवस्थापन गर्ने र जंगलको क्षेत्र संरक्षण गर्ने पद्दती बिकास गर्न सकिएन भने हरेक घर, हरेक बस्ती र गाउँहरु जेखिममा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->