बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निर्वाचन र बिद्रोही स्वभाव

निर्वाचन र बिद्रोही स्वभाव


  • Dhorpatan News
  • असोज १२ २०७९, बुधबार

आम निर्वाचन २०७९ अब नजिकै आएको छ । दलहरुले समानुपातिक निर्वाचनकालागि बन्द सूचि निर्वाचन कार्यालयमा बुझाइ सकेका छन् । आगामी असोज २३ गते त मनोनयन दर्ता गरेर प्रत्यक्ष तर्फका उमेदवारले आफ्नो उमेदवारी गर्नेछन् । त्यसपछि निर्वाचनले माहोल तात्छ । मंसिर ४ गते मतदान गर्ने पूर्व घोषित कार्यक्रम अनुसार निर्वाचन आयोगले तयारी समेत गरिरहेको छ । यो आवधिक निर्वाचन हो । हरेक ५ बर्षमा आउने निर्वाचनले लोकतन्त्र र गणतन्त्रको बिशेषता पनि झल्कने गर्छ ।

तर यो बर्षको निर्वाचन अघिल्ला निर्वाचन भन्दा फरक हुने वाला छन् । दलका औपचारिक उमेदवार भन्दा स्वतन्त्र उमेदवार बढी हुने आशंकाहरु जन्मेका छन् । चाहे सत्ता गठबन्धन होस्, चाहे प्रतिपक्षी दलका उमेदवार भन्दा युवा जमान फरक ढंगले प्रस्तुत हुने गरी लागेको छ । दलका नेतृत्वमा चरम असन्तुष्टी बढेको देखिन्छ । तीन बर्ष अघि जो नेताहरु नेतृत्वमा थिए उनीहरुकै लागि प्रधानमन्त्री मन्त्री बनाउन फेरी निर्वाचन गर्नु परेझै नेताहरु प्रस्तुत भएपछि युवामा असन्तुष्टी आएको हो । फलस्वरुप एक दल छाडेर अर्कोमा जाने क्रम निकै देखिएको छ ।
गत बैसाखमा भएको स्थानीय तहको निर्वाचनमा देखिएका छिटफुट स्वतन्त्र उमेदवारले दलका गठबन्धनलाई जितेको देखेपछि स्वतन्त्रको रुपमा जुरमुराउन युवा लागेका छन् । सिमित स्वतन्त्रले जितेपछि उनीहरु चर्चित भएका छन् । त्यसैले आम निर्वाचनमा पनि स्वतन्त्र बनेर निर्वाचन जित्ने दाउमा युवाहरु छन् । ती युवा मध्ये कोही पहिलादेखिनै स्वतन्त्र छन् भने केहीले दल त्याग गरेर स्वतन्त्रमा आउने तयारी गरेका छन् । यतिधेरै असन्तुष्टी किन आयो ? दलहरुले बुझ्ने कोसिस गरेका छैनन् । सिंगो युवा जमातमा आएको परिवर्तन र परंपराबादी दलहरुको प्रवृत्तिलाई उनीहरुले सोझै पार लगाइदिने गरी अगाडि बढीरहेका छन् ।

राजनीतिक दल र नेतृत्वले न देशमा महंगी घटाउन सक्यो, न राष्ट्रियताको नाउँमा जनताको हितमा काम गर्न सक्यो ? बैदेशिक आयात बढाएर जनतालाई ऋणमा बोकाउने, दलका नेता भने करोडौं अर्बौ भ्रष्टाचारमा डुब्ने प्रवृत्तिले यस्तो समस्या आएको हो । नेतृत्वमा पुगेका, सांसद र मन्त्री भएका तथा कर्मचारी तर्फपनि माथिल्लो निकायमा पुग्नेले भ्रष्टाचार नगरेको कतैपनि देखिएन । केही नेतृत्व स्वच्त होला, तर अधिकांसले गरेको भ्रष्टाचारले सबैको समान हैसियत बनाइदिएको छ । त्यसैले जनतामा आएको आक्रोस, बिरोध र प्रतिशोध परिणाम आउने गरी उर्लने वाला छ ।

दलका नेताहरुले गरेका अर्कमण्य क्रियाकलाप, भ्रष्टाचार र नाताबादले जनता दिक्क भएका हुन् । निर्वाचनमा छनौट भएका उमेदवार हेर्दापनि परिवारबाद बाट बाहिर जान नसकेको देखिन्छ । कतिपयले गुटउपटुगको आंतंक मच्चाएका छन् भने कतिपयले पैसामा बिकेर उमेदवारी पठाएका छन् । प्रधानमन्त्री पत्निदेखि नेताका आसेपासेले मात्रै टिकट पाउने बिषयलाई धेरैले चर्को टिप्पणी गरेका छन् । गठबन्धन भएपनि यो पटक दलका कैयौं कार्यकर्ताले बिरोध गर्ने संकेत गरेका छन् । केहीले भन्नकालागि भनेपनि अधिकांसको चाहना सुन्दर शान्त मुलुक बनाउने भन्ने नै हो । तर यो अबस्था र दलका नेताको अर्कमण्यताले कतै व्यवस्थामा पनि असर पर्छकी भन्ने आशंका छ । कतै आम नागरिकमा गणतन्त्र, धर्मनिरपेक्षता र लोकतान्त्रिक पद्दती माथी अविश्वास आयो भने बर्षौदेखिको संघषको परिणाम बेकार बन्ने खतरा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->