बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बडादशैंको मंगलमय शुभकामना

बडादशैंको मंगलमय शुभकामना


  • Dhorpatan News
  • असोज १९ २०७९, बुधबार

हिन्दुहरुको महान चाड बिजया दशमीले नेपालीको घरआँगनमा प्रवेश गरेको छ । आम नागरिक अहिले दशैको उल्लासमा खुसी छन् । बिजयादशमी सत्यको बिजय र असन्तको पराजय भएको चाडको रुपमा लिने गरिन्छ । त्यसैले शक्तीको स्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिने चलन छ ।

दशैलाई धेरै दृष्टीले मनाउने र हेर्ने गरिन्छ । शक्तीको पूजा, शक्ती प्राप्तीकालागि देवी भाकल गर्ने एकातर्फ चलन छ । अर्को तर्फ दशैको सामाजिक महत्व छ । देशबिदेशमा भएका दाजुभाइ दिदीबहिनी भेट हुने पर्वको रुपमा दशैंलाई लिइन्छ । यो चाडले बिछोड पछिको मिलनको सन्देश दिएको छ । ठूलाबडाबाट टिका प्रसाद लगाएर आर्शिवाद थाप्ने पर्वको रुपमा पनि दशै चिनिन्छ ।

मिठो मसिनो खाने चलन पनि दशैमा छ । नयाँ कपडा लगाउने, कतिपयले यो मौकामा घुम्न जाने चलन पनि बसालेका छन् । यी सबै क्रियाकलापले दशै रमाइलो, हर्सोल्लास र शुभकामना साटासाट गर्ने पर्वकै रुपमा स्थापित छ । तर दशैलाई पछिल्लो समय तडक भडकमा मनाउन थालिएको छ । देखाउनकालागि मन्दिर जाने, मन्दिर जाँदा गहना वा फेसन प्रर्दशन गर्ने प्रवृत्तिले समाजलाई एकीकृत गर्ला भन्दा बिखण्डन गरिरहेको छ । धनीले धेरै धन खर्च गर्ने, गरिबले दुइछाक खान नपाउने अबस्थापनि छ । त्यसैले अब दशैलाई शुभकामना साट्ने र सबै खुसी बन्नुपर्ने पर्वको रुपमा लिनुपर्छ ।

दशैका नकारात्मक प्रवृत्ति धेरै छन् । मदिरा पिउने, माछामासु अत्याधिक खाने र झगडा गर्ने प्रवृत्तिले चाडपर्व खल्लो बन्न थालेका छन् । बर्षदिनमा भेट भएकाहरुले समाज बिकास, मायाप्रेम र सकारात्मक बिषयमा छलफल र अन्तरक्रिया गर्नुपर्नेमा नगरी झैझगडामा उत्रने अबस्थाले दशै सोचेजस्तो भएको छैन ।

दशै सहित चाडपर्वमा घर फर्कने मानिसको भीड लाग्ने, बाध्यात्मक रुपमा यात्रा गर्ने समयमा सवारी साधनले कोचाकोच यात्री राख्ने, ग्रामीण क्षेत्रका अप्ठयारा सडकमा जवरजस्ती सवारी गुडाउने र समयमा सडक मर्मत नगर्ने प्रवृत्तिले दुर्घटना पनि बढाएको छ । चाडपर्वको रुपमा हुने दुर्घटनाले कतिपय मानिसको ज्यान समेत जाने गरेको छ । ज्यानै जाने गरी हुने दुर्घटनाले चाडपर्वलाई खल्लो बनाउने गर्छन् ।

हुनपनि सडक दुर्घटनाका धेरै घटना सुनिने अबस्था आउनु दशैकालागि राम्रो पक्ष होइन । दशैलाई दशा भन्ने पुरानो चलनपनि छ । हाम्रा लापरवाहीले पनि ती घटनाहरु निम्तेका छन् । त्यसैले दशैलाई सामान्य रुपमा मान्ने र सन्तोष बन्ने बानी बिकास गर्नु पर्छ । किनकी ठूलो रकमको फजुल खर्चले अन्तत गरिवी बढाउने हो । त्यसैले घाँटी हेरेर हाड निल्ने र कम खर्चमा धेरै र प्रभावकारी काम गरेर देखाउने बानी बसाल्नुपर्छ ।

दशै भनेको ठूलाको हातबाट टिका प्रसाद लगाएर आर्शिवाद लिने चाड पनि भएकोले सामान्य खर्चमा पनि पुरा गर्न सकिन्छ । नभएको ऋण काढेर दशै मनाउने चलन बसालियो भने बर्षभरी ऋणले थिच्ने र त्यसबाट उम्कनै नपाउने अबस्था निम्त्याउन हुँदैन । यी विषयमा सजग र सचेत हुँदै दशैं भब्य रुपमा मनाऊ, सवैमा बडादशैंको हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->