बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अब यस्तो नहोस्

अब यस्तो नहोस्


  • Dhorpatan News
  • कार्तिक ३ २०७९, बिहिबार

नवौं राष्ट्रिय खेलकुद सकिँदै गर्दा यसको व्यवस्थापनलाई लिएर विभिन्न टिका–टिप्पणी भएको छ । प्रतियोगिताको क्रममा खेल मैदान तयार नहनु,खेलाडीले खेल सामग्री नपाउनु,मेडल दिन नसक्नेजस्ता दर्जार्नौं गल्तीहरु देखिएका छन् , आवास र भोजनबारे पनि गुनासो सुुिनएको छ । भारात्तोलनजस्ता खेलमा तत्काल लाइसेन्स दिएर गैरव्यावसायिक मान्छेहरुबाट खेलको मूल्याङ्कन गराइएको आरोप पनि लागेको छ । समग्रमा खेल व्यवस्थापनमा आयोजक चुकेको छ । एउटा सामान्य क्लबले आयोजना गरेभन्दा भद्रगोल अवस्था राष्ट्रिय खेलकुदमा देखिएको छ ।

पटक–पटक मिति सर्दै आएको प्रतियोगिता अन्यौलकै बीच सुरु भयो । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा आयोजना हुने प्रतियोगितामा स्थानीयको सहभागिता जरुरी ठानेन । मैदान व्यवस्थापन र अन्य केही समितिको जिम्मेवारी स्थानीय व्यक्तिहरुले पाए पनि समग्रमा कमाण्ड केन्द्रकै मान्छेसँग रहयो । प्रदेश खेलकुद समितिसँग पनि त्यसले समन्वय गरेन ।

पोखरामा क्रियाशिल खेलसम्वद्ध संस्थाहरु, भूतपूर्व खेलाडी र खेलप्रेमी एवं स्थानीय निकायहरुलाई पनि पुछिएन । जसले गर्दा यसको समुद्घाटन नै भव्य हुन सकेन । उपराष्ट्रपति नन्दबहादुर प्ुन सहभागी भएको समुद्घाटनमा करौडौं खर्च भयो तर पोखरेलीको सहभागिता न्यून रह्यो । खेलकुद भनेपछि हुरुक्क हुने पोखरेलीले सबैजसो प्रतियोगितालाई त्यति ध्यान दिएनन् । प्रतियोगिता कर्मकाण्डी बन्नपुग्यो । प्रतियोगिताको उपक्रममा देखिएको अव्यवस्था र लापरवाहीले हाम्रा खेल हाँक्ने संस्थाहरुको कमजोरी सतहमा ल्याइदिएको छ । खेलकुद किन पछि परेको हो भन्ने छर्लङ्ग भएको छ ।

नेपाल खेलकुद परिषद सबैभन्दा पहिला पूर्वाधार निर्माणमा चुक्यो । अन्तिम अवस्थासम्म खेलस्थल निर्माण गर्नुपर्ने बाध्यता थिएन, लापरवाही थियो । समयमै बजेट विनियोजन गरेको भए,ती कामहरु पहिल्यै सम्पन्न हुन्थे । खेलाडीको पोसाक,खेल सामग्री र प्रदान गर्ने मेडलको हकमा पनि त्यही नियति दोहोरियो । खेलाडीहरुको बीमा नगरिएकोसम्मका कुराहरु बाहिर आएका छन् यो गम्भीरु लापरवाही नै हो ।स्थानीयले खेलप्रति अपनत्व महसुस नगर्दाले प्रतियोगिता ने खल्लो भयो ।

कमिसन तथा आफन्तलाई काम दिने चक्करमा फसेको आयोजकको केन्द्रीय नेतृत्वले यी यावत् कमजोरीहरुको जिम्मेवारी लिनुपर्छ ।प्रतियोगिताको गम्भीर समीक्षा गरिनुपर्छ र दोषीहरुलाई कारवाही हुनुपर्छ । प्रतियोगिताको दौरानमा थुप्रै रेकर्डहरु बनेका छन्, खेलाडीको ज्यान जानेसम्मका दुःखद घटना भए । जे होस्, कर्मकाण्डी प्रतियोगिता समापनउन्मुख । दुःख नै सही, खेलाडीहरुले अवसर पाएका छन् । खेल्नै नपाउने अवस्थामा अन्त्य भएको छ । यसलाई सकारात्मक मान्नुपर्छ । तर, खेलकुदको नेतृत्वले १०औं राष्ट्रिय खेलकुद समयमै सम्पन्न गर्ने वाचासहित यस्ता गल्ती नदोहो¥याउने प्रण चाहिँ गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->