बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कृषि तथा पशुपंक्षी बिमा प्रभावकारी होस्

कृषि तथा पशुपंक्षी बिमा प्रभावकारी होस्


  • Dhorpatan News
  • कार्तिक ७ २०७९, सोमबार

तिहार दैलोबाट भित्रिइसकेको छ । तिहार आइरहँदा वरपरको मौषम सुन्दर देखिएको छ । खेतमा पँहेलपुर धान झुलेको छ । केही ठाउँमा त किसानहरुले धान काटिसकेका छन् । यो वर्ष राम्रै पानी परेकाले धान उत्पादन बढ्ने अपेक्षा राखिएको छ । त्यही बाढीले देशका विभिन्न भागमा जनधनको क्षति भएको पनि हामीले स्मरण गरिरहेका छौँ ।

पछिल्लो समय नेपाल सरकारले कृषि तथा पशुपंक्षी बिमाको व्यवस्था गरेको छ । बिमा निर्देशिका २०७७ कार्यान्वयनमा आएको छ । बालीनालीमा लाग्ने किरा, अतिबृष्टि, खडेरी, बाढी, सलह, आदिको जोखिम तथा पशुहरुमा लाग्ने रोग, बाघ भालुको डर आदिको जोखिम विरुद्ध गरिने बीमालाई बाली तथा पशु बीमा भनिन्छ । २०६९ साल माघबाट कार्यान्वयनमा आएको बिमा कार्यक्रम प्रभावकारी बन्न भने सकेको छैन ।

प्रकृतिको निर्मम प्रहार खेप्ने किसानहरुको लागि ल्याइएका यस्ता कार्यक्रममा पहुँच नपुग्ने र बिमा गरिए पनि भुक्तानीमा समस्या आउने गुनासा सुनिँदै आएका छन् । बिमा कम्पनीहरु नाफामुखी भएको र किसानको दुःखमा साथ नदिएका यी गुनासाहरु संवोधनको लागि भएका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । १० वर्षअघि सुरु भएको बिमा कार्यक्रम प्रभावकारी किन भएन भन्नेबारे पर्याप्त खोज पनि भएकै छैन । लागतको आधारमा गरिने बाली बिमा, प्रचारको कमी,बिमकको अभाव र बिमा कम्पनीहरुको व्यवहार यसका लागि जिम्मेवार छन् ।

बाली बिमा लागतको आधारमा हैन कि उत्पादनको आधारमा गरिनुपर्छ भन्ने आवाजको पनि सुनुवाइ हुन सकेको छैन । सरकारले कृषि तथा बाली बिमा गर्दा प्रिमियम रकममा दिँदै आएको अनुदान वृद्धि गरेको छ । चालु आर्थिक वर्षको बजेटमा बाली तथा पशुको बिमा गर्दा प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिने घोषणा भएको छ । यो सूचना सबै किसानकहाँ पु¥याइनुपर्छ ।

निरीह किसानहरुसम्म राज्य पुग्न सकेन भने राज्य दायित्वबाट च्यूत भएको ठहर्छ । अतः राज्यले किसानको मनोवल उच्च राख्ने प्रयत्न गरिनुपर्छ । बाली बिमालाई कागजमा हैन व्यवहारमा कार्यान्वनय गर्ने जमर्को गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->