बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निर्वाचन सुरक्षामा ध्यान देऊ

निर्वाचन सुरक्षामा ध्यान देऊ


  • Dhorpatan News
  • कार्तिक २८ २०७९, सोमबार

मंसिर ४ को चुनाव नजिकिँदै गर्दा हिंसाका घटनाहरुमा बढोत्तरी भएको छ । मनाङमा उम्मेदवार टेकबहादुर गुरुङमाथि आक्रमणको प्रयास भएको नेपाली कांग्रेसले दाबी गरेको छ भने प्रतिपक्षी एमालेले टेकबहादुरले गलत गरेपछि स्थानीयबाट प्रतिकार भएको जिकिर गरेको छ । चितवनमा चुनावी कार्यक्रमकै बीच उम्मेदवार रवि लामिछानेको गाडी तोडफोड भएको छ भने दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको छ । यी र यस्ता घटनाहरुले चुनाव शान्तिपूर्ण नहुने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

चुनावमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । उम्मेदवारहरुले निर्वाध आफ्ना कुरा राख्न पाउनुपर्छ । उनीहरुमाथि अवरोध वा आक्रमण निन्दनीय विषय हो । यस्ता घटनाहरुको जति आलोचना गरे पनि कम हुन्छ । यस्ता प्रकृतिका घटनामा प्रशासन कडा रुपमा प्रस्तुत हुनैपर्छ । हिंसालाई यो वा त्यो बहानामा छुट दिइनु हुँदैन । अहिले जे भएको छ, त्यसले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना गराउँछ । मतदातालाई मतदान केन्द्रसम्म जानबाट बञ्चित गराउनसक्छ ।अहिलेका छिटफुट घटनालाई निर्वाचन आयोगले गम्भीरतापूर्वक लिनुपर्छ । आचारसंहिताविपरीतका कार्यहरुमाथि लगाम लगाउनुपर्छ । सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउनैपर्छ ।

मुख्य निर्वाचन आयुक्तले निर्वाध रुपमा मतदान गर्न पाउने अधिकारको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्् । चुनाव बहिष्कारको नाममा हुनसक्ने सम्भावित गतिविधिमाथि निगरानी बढाएको बताएका छन् । निर्वाचन बहिष्कारको नाममा हुनसक्ने सम्भावित गतिविधि र मैदानमै रहेका राजनीतिक दलका कार्यकर्ताबाट सुरु गरिएका हिंसात्मक क्रियाकलापप्रति आयोग निर्मम हुनुपर्छ । सुरक्षा व्यवस्था कसिलो बनाउँदै दोषीलाई कारावाही गरिहाल्नुपर्छ । भयरहीत र शान्तिपूर्ण रुपले मतदान गर्न पाउने नागरिकको अधिकार सुरक्षित गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->