बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पशु अधिकारको रक्षा गरौँ

पशु अधिकारको रक्षा गरौँ


  • Dhorpatan News
  • मंसिर १ २०७९, बिहिबार

धौलागिरि आधार शिविरमा ४७ वटा निर्दोष पशुको कारुणिक निधन भएको छ । आधार शिविर तल अपपत्र छाडिएका ती घोडा र खच्चरहरु खाना नपाएर मरेका हुन् । कतिसम्म भने खानाको अभावमा शाकाहारी पशुहरु मरेका आफ्नै साथीको मासु लुछ्न बाध्य बनेका छन् । सार्वजनिक भएका तस्वीरहरु हृदयविदारक छन् । निरीह पशुहरुमाथि अत्याचार भएको छ । मान्छेको सहयोगी पशुहरु मान्छेकै कारण ज्यान गुमाउन बाध्य पारिएका छन् ।

ती निर्दोष घोडा र खच्चर आफैं त्यहाँ गएका हैनन् । उनीहरुलाई ४ हजार ७४८ मिटर उचाइमा मानिसले नै पु¥याएका हुन् । असोज १७ गते धौलागिरि आधार शिविरको लागि निस्केको टोलीलाई आवश्यक पर्ने सामग्री बोकाएर त्यहाँ पु¥याइएका पशुहरुलाई हिमपातपछि त्यत्तिकै छाडियो । बाक्लो हिमपातमा फसेका १४ जना यात्रुको जिवित उद्धार गरियो । थामसेर्कु र र सांग्रिला ट्रेकिङ कम्पनीले लगेका ४५ वटा घोडा–खच्चरमध्ये वर्षा र हिमपातमा १८ वटाको ज्यान गइसकेको थियो । उद्धार गरिएको भए, बाँकी रहेकाहरु बाँच्थे तर अवोध पशुतिर कसको ध्यान जाने ? ती घोडा र खच्चरलाई त्यत्तिकै छाडियो । अवस्था यस्तो कारुणिक बन्यो कि,अलपत्र लासमाथि खाना खोज्न पशुहरु अभिषप्त बने ।

घोडा र खच्चर मानिसका सहयोगी हुन् । मानिसको उद्धारपछि पशुको जीवनबारे पनि सोचिनुपथ्र्यो । तत्काल उद्धार गर्न नसके पनि उनीहरुलाई केही खानाको प्रबन्ध गर्न सकिन्थ्यो । त्यसमा सम्बन्धित कम्पनी चुकेको छ । अहिले बाँकी रहेका घोडा जिउँदै छन् कि छैनन्, थाहा छैन तर बँचेका छन् भने उद्धारको पहल गरिनुपर्छ । पशु नै त हो मानशिकताबाट मुक्त हुनैपर्छ । मान्छेको जस्तै पशुको पनि जीवन हुन्छ । उनीहरुले पनि बाँच्न पाउनुपर्छ । उनीहरुमाथि हिंसात्मक र अमानवीय व्यवहार गरिनुहुँदैन । पशु अधिकारको रक्षा गरिनुपर्छ । यो घटनाले उच्च हिमाली क्षेत्रमा घोडा र खच्चरको बदलामा याकहरुलाई भारी बोकाउनुपर्छ भन्ने पाठ सिकाएको छ । याक भएको भए,हिमपात धान्नसक्थे । उनीहरुको ज्यान जोगिन्थ्यो । घोडासँग साह्रै जाडो छेक्ने सामथ्र्य हुँदैन । आइन्दा यस्तो यात्रा थाल्नुअघि नै यो विषयमा सोच्नु जरुरी देखिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->