बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मतदान शान्तिपूर्ण होस

मतदान शान्तिपूर्ण होस


  • Dhorpatan News
  • मंसिर ४ २०७९, आइतबार

आज मंसिर ४ । आगामी पाँच वर्षका लागि जनताले देशको नेतृत्व प्रदान गर्ने दिन । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदै छ । देश संघीयता प्रबेश गरे पछिको दोस्रो आम निर्वाचनमा देश होमिएको छ । निर्वाचन जनताले आफ्नो प्रतिनिधि छनोट गर्ने बलियो अधार हो । यहीं निर्वाचनले नै जनताले कस्तो प्रतिनिधिको हातमा नेतृत्व सुम्पिने भन्ने बिषयको निर्धारण गर्छ । मतदान किन गर्ने ? अहिलेसम्म मतदान गरेर के भएको छ भन्ने जस्ता प्रश्नहरु नआउने गरेका होइनन् ।

तर निर्वाचनको समयमा मतदान नगर्दा योग्य उमेद्वार छुट्ने र अयोग्यको हातमा नेतृत्व पूग्ने जोखिम रहन्छ । नेपालको संबिधानले बालिक मताधिकारलाई नागरिकको अधिकारको रुपमा स्थापित गरेको छ । निर्वाचनमा सहभागि नहुँदा वा मताधिकारको प्रयोग नगर्दा नागरिक आँफैले आफ्नो अधिकारको प्रयोग नगरेको ठहर हुन्छ । यो निर्वाचन कुनै व्यक्ति वा उमेद्वारर्ला मत दिने मात्र नभई दलिय व्यवस्था रहेको नेपालमा आफुले चाहेको दललाई मत दिन पाइने निर्वाचन पनि हो ।

जनतामा मात्रै निहित अधिकार हो मताधिकार । जनतामा निहित रहेको मताधिकारको प्रयोगले नै जनताको प्रतिनिधिलाई नेतृत्वमा स्थापित गर्छ । लोकतान्त्रिक शासन व्यवस्थाको पहिलो चरण हो निर्वाचन । जनताका लागि यो अबसर हरेक दिन वा हरेक बर्ष आउँदैन् ।

आज हामीले आफ्नै अधिकार प्रयोगमा नल्याउँदा आउने पाँच बर्ष पछुतोमा बित्न सक्छन् । निर्वाचनले जनतालाई चित्त बुझेको व्यक्ति वा दललाई जीताउने र चित्त नबुझेको दल वा उमेद्वारलाई हराउने अबसर दिन्छ । यो अबसर पाँच बर्षमा एक पटक मात्रै पाइन्छ । यदी निर्वाचन नहुने हो, निर्वाचनमा मतदाता सहभागि नहुने हो भने सरकार सञ्चालनको शक्ति सन्तुलनमा असर गर्दछ । परिणस्वरुप शासन गर्नेहरु जनताप्रति होइन शासकप्रति बफादार रहने र जनता निर्णायक हुने अवसर गुम्छ ।

मत दिँदा विवेकको प्रयोग मतदाताको अधिकार हो । यो अधिकार प्राप्तीबाट कोही पनि बञ्चित हुनुहुँदैन् । मतदान गर्न सबै बालिक मताधिकार भएका मतदाताले पाउनु पर्छ । निर्वाचनको समयमा बिभिन्न बहानामा जेष्ठ नागरिक तथा बिशेष क्षमता भएका व्यक्तिहरुको सहजतामा ख्याल गरेको पाईंदैन् ।

मतदान गर्ने स्थल निर्माणदेखि मतदान गर्ने समय सम्ममा सहज हिसाबले असाहय, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक र सबै मतदाताले निर्वाध आफ्नो मतको अधिरको प्रयोग गर्ने वातावरण सक्नेहरुले बनाउँ । शान्त, स्वतन्त्र र निश्पक्ष हिसाबले मतदानको वातावरण बनाउनु राज्यको दायित्व । नागरिकले मताधिकार प्रयोग गर्दा अरु नागरिकको मताधिकार नखोसिने गरी प्रयोग गरौं । शान्तिपूर्ण निर्वाचनले अबको पाँच बर्ष नेपाली जनताको भाग्य र भविश्यको निर्धारण गरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->