बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा विमानस्थलको क्यालिब्रेसन उडान र फोहर व्यवस्थापन

पोखरा विमानस्थलको क्यालिब्रेसन उडान र फोहर व्यवस्थापन


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यालिब्रेसन उडान सुरु भएको छ । यान्त्रिक परीक्षण ठीक–दुरुस्त भए अबको करिब एक महिनापछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान हुनेछ ।

विमानस्थलमा अत्याधुनिक उपकरणहरु जडान गरिएको जिकिर गरिएको छ । चिनियाँ निर्माण कम्पनीले नेपाललाई हस्तान्तरण गरिसकेको यो विमानस्थल प्राविधिक रुपले उपयुक्त रहेको प्रारम्भिक अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । यहाँबाट विमान नउड्न्ुपर्ने कुुनै कारण देखिएको छैन । बाँकी रहेको एउटा समस्या भने अझै सल्टिएको छैन । त्यो हो, पोखरा १४ मा रहेको ल्याण्डफिल साइट । ल्याण्डफिल साइट त्यहाँबाट विस्थापन गर्न नसकिए पोखरा विमानस्थलबाट उडान भर्न नसकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर, यो सूचना दिएको लामो समय बित्दा पनि ल्याण्डफिल साइटको विकल्प दिन महानगर असमर्थ देखिएको छ ।

महानगरका मेयर धनराज आचार्यले अब अहिलेको ल्याण्डफिल साइटमा फोहर नफाल्ने र पुर्न सुरु गरिने बताएका छन् । तोकिएकै मितिमा पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भन्नेमा उनी पनि प्रतिवद्ध छन् तर फोहर फाल्ने विकल्प नहुँदाको समस्या झन डरलाग्दो देखिएको छ । मेयर आचार्यले फोहर व्यवस्थापनको लागि जग्गा खोजेकोखोज्यै छन् तर जहाँ जाँन्छन्,त्यहाँ स्थानीयले विरोध गरिरहेका छन् । अर्काको आँगनको फोहर मेरोमा किन भन्ने प्रश् गरिरहेका छन् । ल्याण्डफिल साइट कहीँकतै बनाउनैपर्छ । ल्याण्डफिल साइट भनेको फोहर थुपार्ने हैन,प्रशोधन गर्ने ठाउँ हो भन्ने कुरा बुझाउन र प्रमाणित गर्न महानगर असमर्थ भएको छ । देशका विभिन्न ठाउँ र पोखराकै ल्याण्डफिल साइट हेर्दा पनि त्यो प्रशोधन केन्द्र हो भनेर पत्याउन सकिँदैन । यस्तोमा जनताको विरोध हुनु अस्वभाविक हैन । महानगर नेतृत्वले फोहर व्यवस्थापनको चुनौती चिर्न ठूलै पापड बेल्नुपर्ने देखिएको छ ।

कम्तिमा जहाँ ल्याण्डफिल साइट बनाउने हो,त्यहाँका जनतालाई थप सुविधा अनि विकासको प्रतिवद्धता जनाउने, फोहरबाट पर्यावरण र स्वास्थ्यमा असर हुन नदिनेलगायतका कामहरु गरिहाल्नुपर्ने देखिएको छ । फोहर विसर्जन स्थल निर्माण भए त्यो क्षेत्रको कायापलट हुन्छ भन्ने सन्देश प्रवाह गर्ने हो भने ल्याण्डफिल साइट निर्माणमा देखिएको बाधा हट्नसक्छ । अहिलेको ल्याण्डफिल साइटमा फोहर फाल्न बन्द गरिँदा पोखरा महानगरको फोहर कहाँ फाल्ने भन्नेमा पनि मेयरको ध्यान जानुपर्छ । एउटा समस्या सल्ट्याउँदा अर्को समस्या बल्झिने काम हुन्छ कि भन्नेमा सचेत हुनुपर्छ । पोखरा विमानस्थल पोखरेलीको सपना हो, त्यो सपना पूरा गर्न अवरोधहर सक्दो छिटो पन्छ्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->