बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बदलियोस् विश्वविद्यालय

बदलियोस् विश्वविद्यालय


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७९, आइतबार

त्रिभुवन विश्वविद्यालय ४८ औं दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । २०७८ असार १ देखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार २३७ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन भ करिब १० हजार २३७ विद्यार्थीले फारम भरेका थिए, तीमध्ये केही अनुपस्थित रहे पनि समग्रमा भव्य समारोहबीच दीक्षान्त समारोह सम्पन्न भएको छ । सोही समारोहमा एमफिल र विद्यावारिधि र विभिन्न संकायमा सर्वोत्कृष्ट अंक ल्याउनेहरुलाई पदकबाट विभुषित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय नेपालको प्ुरानो विश्वविद्यालय हो । १९७५ सालमा त्रिचन्द्र क्याम्पसको स्थापना भएको ४१ वर्षपछि २०१६ सालमा यो विश्वविद्यालयको स्थापना भएको हो । देशको पुृरानो विश्वविद्याल मातहत हाल ५ वटा प्राविधिक र ४ वटा साधारण संकाय,४० वटा केन्द्रीय विभाग, ६२ वटा आंगिक क्याम्पस अनि १ हजार ६२ वटा सम्वन्धन प्राप्त क्याम्पस संचालनमा रहेका छन् । देशमा १२ वटा विश्वविद्यालय संचालनमा हुँदा पनि यो विश्वविद्यालयले मात्र आधाभन्दा बढी विद्यार्थीको भार खेपिरहेको छ । हाल त्रिवि अन्तर्गतका क्याम्पसका विभिन्न संकाय अनि तहमा करिब ५ लाख विद्यार्थी अध्ययनरत रहेका छन् । तर, यतिधेरै विद्यार्थी अध्ययन गर्ने त्रिविको हालत भने सधैँजसो खराब रहँदै आएको छ ।

विश्वभरका विश्वविद्यालयमध्ये यसको स्थान एक हजारभित्र पनि पर्दैन । जसले गर्दा यहाँबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रवेश पाउन कठीन देखिन्छ । त्रिविको गुणस्तर नबढ्नुका विविध कारण छन् र सबैभन्दा मुख्य कारण भनेको राजनीतिक हस्तक्षेप नै हो । नेपालको शिक्षा क्षेत्र चरम राजनीतिकरणले नै बिग्रेको हो । राजनीति गर्ने र नपढाउने प्राध्यापक, प्राध्यापकलाई धम्क्याउने विद्यार्थी युनियन सबै यसका दोषी छन् । समयानुकल पाठ्यक्रम परिमार्जन नगरिनु,अनुसन्धानमा जोड नदिनु, घोकन्ते शिक्षा पनि गुणस्तर खस्कनुका कारण हुन् ।

यी कारणहरुको निदान नखोजेसम्म विश्वविद्यालय प्राज्ञिक थलो बन्न सक्दैन । हरेक वर्ष विद्यार्थी दीक्षित गर्ने तर ती विद्यार्थी विश्वबजारमा नबिक्ने र बेरोजगार उत्पादन गर्ने मेसिनबाट विश्वविद्यालयलाई मुक्त गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->