बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चासो भाबी सरकारको

चासो भाबी सरकारको


  • Dhorpatan News
  • पुष ६ २०७९, बुधबार

आम निर्वाचनको अन्तिम परिणाम आएको छ । शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो । हुन्छ की हुँदैन भन्ने आशंकाबीच निर्वाचन सम्पन्न हुनु राम्रो पक्ष हो । निर्वाचन सम्पन्न गर्ने सरकार धन्यवादको पात्र छ । तर अबको सरकार कसरी बन्छ, कसरी अगाडि बढ्छ, देशको राजनीतिक स्थायित्व के होला ? जनताको चाहना अनुसारका काम होलान् की नहोलान ? भन्ने शंका भने जारी रहेको छ ।

जनताले सरकारमा स्थायित्व, सुशासन, बिकास र समृद्धि खोजेका छन् । दलहरुले निर्वाचनमा होमिंदा पनि यस्तै नारा लगाएका थिए । तर, निर्वाचन परिणामले त्यस्तो देखाएको छैन । सत्ता गठबन्धनका नेता तथा सांसदहरु मिलेर जाँदा मात्रै सामान्य बहुमत पुग्ने गरी आएको परिणामले सरकारको स्थायित्व दिन्छ की दिंदैन भन्ने शंका थपेको छ । एक जना मात्रै सांसदले केही बिद्रोह गर्दा सरकार भत्कने खेल हुने खतरा छ । यद्यपी संविधानले कम्तिमा २ बर्षसम्म अविस्वास प्रस्ताव ल्याउन नपाउने प्रावधानले पहिलो पटक नियुक्त भएको प्रधानमन्त्रीले २ बर्ष काम गर्न पाउँछ । तर त्यसपछि के होला भन्ने संसय उत्तिकै रहन्छ ।

निर्वाचन परिणामबाट स्थायित्व हुने संभावना कम छ । कतै दलहरुले फेरी देशलाई मध्यावधिमा लैजाने त होइनन् ? यो बढी शंकाको बिषय छ । सत्ता बनाउने र भत्काउने खेलकालागि त्यस्तो काम नहोला भन्न सकिएन । तर दलहरु साँचिकै देश बिकास चाहन्छन्, जनताको चाहना अनुसार काम गर्न चाहन्छन् र देशको समृद्धि चाहेका हुन् भने त्यस्तो अबस्था आउन नदिन सचेत बन्नुपर्छ । बरु ठूला दुइ दल मिलेर सरकार बनाएर देशले समृद्धि पाउने, स्थायित्व पाउने हो भने त्यसतर्फ पनि सोच्न जरुरी छ ।

राजनीतिमा देखिएको जोकर प्रवृत्तिले देशको हित गर्दैन । स्वार्थकालागि जो सँग पनि मिल्ने वा एक सरकार बनाएर अर्को भत्काउने अबस्थामा लाग्ने हो भने नेपालको बिकास फेरीपनि दशकपछि पर्न सक्छ । देश बनाउने नै हो भने सबै मिलेर काम गरेपनि हुन्छ । एकले अर्कालाई सिध्याउने वा उनीहरुको अस्तित्व नस्विकार्ने, जनमतको अबमूल्यन गर्ने वा आम जनचासोको बिषयलाइ फालेर आफ्नो स्वार्थ सिद्ध गर्ने तर्फ लाग्ने हो भने यो निर्वाचनको परिणामले देशको अहित गर्ने निश्चित छ । तसर्थ बेलैमा राजनीतिक दलको नेतृत्वले सोच्ने बेला आएको छ ।

यो निर्वाचनमा शिर्ष नेताहरुले जिते तर शिर्ष नेतासँग जोडिएका महत्वपूर्ण भनिएका नेताहरुले हारेका छन् । अर्थात उनीहरुको स्थानमा नयाँ र युवाहरुले चुनाव जितेका छन् । यो निर्वाचनको महत्वपूर्ण अर्थ यहाँ लुकेको छ । अर्थात शिर्ष नेताले जितेपनि उनीहरुको नजिकका र दोश्रो तहका नेताले हार्ने अबस्था, मन्त्री भैसकेका र बहालवाला मन्त्री समेतलाई जनताले पत्याएनन् । बरु स्वतन्त्र र नयाँ शक्तीलाई पत्याउने अबस्था आयो ।

अर्थात् जनतामा परिवर्तनको चाहना छ । नेताहरुले बर्षौ राज गर्दापनि जनताको चाहना अनुसार काम गरेनन् । सुशासन दिएनन् भन्ने आरोपबाट जन्मेका नयाँ शक्तीहरुप्रति अब दलहरु गम्भिर बन्नैपर्छ । स्वार्थ सिद्ध गर्न भन्दा जनताको चाहनामा काम गर्न सकेनन् भने आगामी यात्रा कठिन हुने देखिन्छ । निर्वाचनले सुशासन, शान्ति र स्थायित्व दिने हो, दलकै यात्रा कठिन भयो भने लोकतन्त्रको भविष्य पनि अन्यौल हुनेछ । त्यसतर्फ यो निर्वाचनले सचेत बनाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->