शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

गण्डकी एमाले संसदीय दलमा खगराज सर्वसम्मत, मुख्यमन्त्री बन्ने

गण्डकी एमाले संसदीय दलमा खगराज सर्वसम्मत, मुख्यमन्त्री बन्ने


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७९, आइतबार

पोखरा / गण्डकी नेकपा (एमाले) संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । एमाले प्रदेश कमिटीको आइतबारको बैठकले एमाले संगठन विभाग प्रमुख अधिकारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

अधिकारी कास्की १ (क) बाट चुनाव जितेका हुन् । अधिकारीलाई नै एमालेले चुनावमा भावी मुख्यमन्त्रीको रूपमा अगाडि सारेको थियो । प्रदेशसभाको चुनावमा प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरि कुल २२ सिट जितेको एमाले गण्डकीको दोस्रो ठुलो संसदीय दल हो ।

अधिकारीको एकल उमेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन् । केन्द्रमा नाटकीय रूपमा गठबन्धन फुटेपछि यहाँपनि राप्रपाको सहयोगमा एमाले, माओवादीसहितको सरकार बन्ने सम्भावना छ ।

६० सदस्यीय गण्डकीमा सरकार बनाउनका लागि ३१ सांसद चाहिन्छ । एमालेको २२, माओवादी केन्द्रको ८ (प्रत्यक्ष ५ र समानुपातिक ३) तथा समानुपातिकबाट २ सिट पाएको राप्रपा मिलेको खण्डमा ३२ सिटसहितको सरकार बन्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->