शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

गण्डकी प्रदेशसभाको अधिवेशन पौष १८ मा आब्हान

गण्डकी प्रदेशसभाको अधिवेशन पौष १८ मा आब्हान


  • हरिनारायण गौतम
  • पुष १२ २०७९, मंगलबार

पोखरा / गण्डकी प्रदेश सभाको अधिवेशन आगामी पौष १८ गतेलाई आब्हान गरिएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सांसदको अधिवेशन पौष १८गतेलाई आह्वान गरेका हुन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार गठनको प्रकृया सुरु नहुँदै अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले मंगलवार  सभामुख वा जेष्ठ सदस्य नतोकी पत्र पठाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूद्धारा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पौष १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’ भनिएको छ ।

यस अघि प्रदेश प्रमुख गुरुङले  पौष १३ गते बुधबार प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ गराउने कार्यक्रम छ । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदको शपथ ग्रहण सकिएपछि बैठक आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २ र स्वतन्त्रबाट हालै एकीकृत समाजवादी प्रवेश गरेका १ जना सांसद छन्। केन्द्रमा हुने भागबन्डाका आधारमा गठबन्धनबाट गण्डकीको मुख्यमन्त्री टुंगो लाग्नेछ।

६० जना प्रदेश सांसद रहेको गण्डकीमा सरकार बनाउन ३१ जना सांसदको समर्थन चाहिन्छ। एमाले-माओवादी र राप्रपा मिल्दा उक्त संख्या पुग्छ। माओवादी अध्यक्ष प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि गण्डकीमा पनि सोही गठबन्धनको सरकार बन्ने पक्का छ।

मुख्यमन्त्रीका लागि एमाले गण्डकीका संसदीय दल नेता खगराज अधिकारी र माओवादी नेता हरिबहादुर चुमानले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->