शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

गण्डकी प्रदेश प्रमुखको निवासमा शपथ लिए प्रदेशसभाका जेष्ठ सदस्य बस्यालले

गण्डकी प्रदेश प्रमुखको निवासमा शपथ लिए प्रदेशसभाका जेष्ठ सदस्य बस्यालले


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७९, बुधबार
जेष्ठ सदस्य मित्रलाल वस्याललाई शपथ गराउदै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङ । तस्वीरः ढोरपाटन

पोखरा / गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङको निवासमा प्रदेशसभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बुधवार आफ्नै निवासमा एक कार्यक्रमका विच प्रदेश सभाका जेष्ठ सदस्य बस्याललाई शपथ गराएका हुन् । बस्यालले सभामुख चयन नहुनेसमयसम्म सभाध्यक्षको कार्यभार सम्हाल्नेछन् ।

उनले शपथ ग्रहण गरिसकेपछि विहिवार (भोलि) प्रदेशसभाका अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित प्रदेशका मन्त्रीहरु सहभागी थिए ।

सपथ ग्रहणपछि सभाध्यक्ष मित्रलाल वस्यालसंग सामुहिक फोटो खिचाउँदै प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहित प्रदेशका मन्त्रीहरु । तस्वीरः ढोरपाटन

मुख्यमन्त्रीसहित मन्त्रीहरुले सभाध्यक्ष वस्याललाई खादा माला लगाई बधाई तथा शुभकामना दिए । शपथ ग्रहणपछि सभाध्यक्ष वस्यालसंग सामुहिक फोटो खिचाएका थिए ।

वस्यालय नेकपा एमालेको तर्फबाट पर्वत (ख) बाट निर्वाचित प्रदेश सभाका जेष्ठ सदस्य हुन् । उनको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो । गण्डकी प्रदेश सभाको अधिवेशन पौष १८ गते वोलाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->