शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

गण्डकीका सांसदले लिए शपथ, ३ जनाले लिए मातृभाषामा

गण्डकीका सांसदले लिए शपथ, ३ जनाले लिए मातृभाषामा


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७९, बिहिबार

पोखरा/गण्डकी प्रदेशसभाका सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभा हलमा उनीहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । ६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये बिहीबार बस्यालले ५९ जनालाई शपथ गराएका हुन् ।

३ जना सांसदले भने मातृ भाषामा शपथ लिए । अरु सवैले नेपाली भाषामै शपथ लिए । कांग्रेसकी सरस्वती गुरुङ, राप्रपाका पञ्चराम गुरुङले गुरुङ भाषा र कांग्रेसकै पार्वती तामाङले तामाङ भाषामा शपथ लिए । बस्यालले बुधबार प्रदेशप्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका थिए ।

केही सांसदहरू आफ्नै मौलिक पोशाक लगाएर शपथ ग्रहणका लागि प्रदेशसभा प्रवेश गरेका थिए । प्रदेशसभामा २७ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

२२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी केन्द्र तेस्रो पार्टी बनेका छन् । राप्रपा २ र एकीकृत समाजवादीको एक एक सिट छ । गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेलाई प्रदेशसभा अधिवेशनको आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->