पोखरा/पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकन संगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर पाउने भएका छन । दर्शकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । सवैभन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागि सजावट गरी विभिन्न स्थानमा टिकटक स्पटसमेत निर्माण गरिएको छ ।टिकटक माघ ८ गते साँझ ४ बजे सम्म अपलोड गरिसक्नुपर्नेछ । टिमटका सर्वाधिक भ्युज आउने टिकटकलाइै प्रथम पुरस्कार नगद ३० हजार र दोश्रोलाई २० हजार प्रदान गरिने आयोजकको भनाइ छ ।





