पोखरा / यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि आफन्तलाई शव बुझाउन थालिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पोखरामा पोस्टमार्टम गरिएकामध्ये सबैभन्दा पहिले सदाकत अलिमियाँको शव परिवारलाई हस्तान्तरण गरिएको हो ।
उनी पोखराकै बासिन्दा हुन् । पोखराको सिद्धार्थचोकमा इलेक्ट्रीक सामानको नुरा इलेक्ट्रीक नामक होलसेल पसल चलाउँदै आएका सदाकत आफ्नी सानीआमालाई छाड्न काठमाडौं गएका थिए ।
उनकी सानीआमा (उमरा) मुस्लिम धार्मिक कार्यको लागि साउदी जाँदै थिइन् । काठमाडौंबाट फर्कने क्रममा जहाज दुर्घटनामा उनको निधन भएको हो । उ परिवारको एक्लो छोरा रहेका सदाकतको घरमा २ वर्षकी छोरी छन् । उनको इस्लाम संस्कार अनुसार अत्येष्टि गरिने आफन्तले जानकारी दिए ।





