शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

यती एअरलाइन्स विमान दुर्घटना: थप एक जनाको शव भेटियो

यती एअरलाइन्स विमान दुर्घटना: थप एक जनाको शव भेटियो

योसँगै ७० जनाको शव फेला परेको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७९, सोमबार

पोखरा / यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेकामध्ये थप एकजनाको शव फेला साँझ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीका अनुसार फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

योसँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका अन्य २ जनाको भने भोलि मात्रै खोजी गरिने जानकारी दिए ।

‘त्यो खोंच दिउँसै पनि डेन्जर ठाउँ हो । राति नमिल्ने भएकाले भोलि बिहानैबाट खोजी गर्छौं’ उनले भने । उनका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->