शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०७९, शनिबार

पोखरा / गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । उनले शनिबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए ।

पोखरा-२६ बरालडाँडा घर भएका बराल काठमाडौंमा वकालत गर्दै आएका थिए । उनी शनिबार पोखरा आएका हुन् । मुख्यमन्त्री खगराज अधिकारीनिकटका बरालले कानुनमा स्नातक र राजनीति शास्त्रमा मास्टर डिग्री गरेका छन् ।

बरालले संविधान र कानुनी अधिकारको प्रयोग गर्दै प्रदेश सरकारको विकास र समृद्धिमा लाग्ने बताए । विशेष गरी कानुनी छिद्र देखाएर विकास निर्माणका काममा हुने ढिलासुस्तीको अन्त्य गर्नेतर्फ आफू लाग्ने उनको भनाइ छ ।

‘प्रदेश सरकारविरुद्धका मुद्दामामिलालाई समाधान गरी कानुनतः कुनै पनि अप्ठेरो नपर्ने गरी काम गर्नेछु,’ उनले भने, ‘प्रदेशको विकास र समृद्धिमा सक्दो सहजीकरण गरी अघि बढ्नेछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->