बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संचार माध्यमप्रतिको आक्रोसमा रवि

संचार माध्यमप्रतिको आक्रोसमा रवि


  • Dhorpatan News
  • माघ २६ २०७९, बिहिबार

गृहमन्त्री र सांसद समेत गुमाएका रवि लामिछानेले देशका ठूला संचारमाध्यमले आफ्नो खेदो खनेको बताउने काम मात्र गरेनन् केही संचार माध्यम, संचारकर्मी र ती संचार माध्यमका संचालकको नाम समेत किटान गरिदिए ।

पत्रकार सम्मेलन डाकेर उनीहरु बिरुद्ध खनिएका रविको चालामाला देखेर पत्रकारले केही प्रतिप्रश्न त गरे त्यो भन्दा धेरै उनका समर्थकको तालीको गडगडाहत पनि देखाए । गत साउन महिनामा मात्रै दल दर्ता गरेर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता समेत पायो । त्यही बलमा उनी संसदको चौथो ठूलो दलको नाताले उपप्रधान तथा गृहमन्त्री बने । सत्ता साझेदारको नाताले उनले महत्वपूर्ण पदमा पुगेपछि संचार माध्यमले उनको नागरिकता बारे चासो उठाए ।

त्यसो त केही बर्ष अघिनै प्रेस काउन्सिलले नै यो बिषय उठाएको थियो । त्यतिबेला अटेर गरेर बसेका रविलाई धेरै अबसरहरु आए । प्रष्टीकरणको समय वेवास्ता गरेर नागरिकता सच्याउने काम पनि नगर्दा उनले एकएक पाएको पद गुमाउनु परेको थियो । आम नागरिकलेत मतदान गरेर भारी मतले बिजयी गरेकै थिए । निर्वाचन आयोग देखि अन्य निकायले पनि उनको कमजोरीलाइ वास्ता गरेनन् । फलस्वरुप उनको मुद्दामा अदालतले बिपक्षमा फैसला गरिदियो । त्यसपछि उनले पद त्याग्न बाध्य भए । नागरिकता लिएपछि पदमा फर्कन गरेको प्रयासपनि असफल भयो । प्रधानमन्त्रीले तत्काल गैर सांसदलाई पदमा लैजान नसक्ने भनेपछि आक्रोसित भएका रविले पत्रकार र संचार माध्यममा आएका बिषयमा सत्तोसराप गरे ।

पत्रकारिता क्षेत्रले राज्यको प्रमुख निकायमा पुगेका व्यक्तिको बिषयमा वास्तविकता खोज्ने, कमिकमजोरीलार्य टिकाटिप्पणी गर्ने धर्म नै हो । हिजो पत्रकार हुँदा रविले पनि गरेको काम त्यही थियो । उनले कतिपय नेता तथा कर्मचारीलाई अन्तरवार्तामा बोलाएर भित्तामा पु¥याउने काम पनि नगरेका होइनन् । यद्यपी त्यो संचारमाध्यमको धर्म समेत थियो । धर्म निर्वाह गर्दा बढी पनि भएका कतिपय बिषयलाई राज्यका निकायले पचाएका थिए । तर जव आँफै पदमा पुगेर फर्कन बाध्य भए अनि उनैलाई संचारमाध्यमको बिषय पचेन । अर्थात उनको कमजोरीलाई संचारमाध्यमले ढाकछोप गरिदिनुपथ्र्यो भन्नेमा लागेको देखियो ।

प्रमुख राजनीतिक दलको कमीकमजोरीका कारण नयाँ दल स्थापित हुने र अगाडि आउने क्रम देखिएको कुरा सत्य हो । जव प्रमुख दलबाटै जनताले आस मार्छन्, तव नयाँ शक्ती र बिकल्प खोज्नु नराम्रो होइन, तर जव हिजोका कमजोरी भन्दा अब्बल बन्ने योजना बनाइन्छ, तब आँफूपनि कानूनभन्दा माथी बन्ने दुश्साहस गर्न हुनैन की भन्ने बुझ्नु पर्छ । त्यतिमात्र हैन अदालतको आदेश मानेर केही समय संगठन निर्माणमा लागेको भए जनताले फेरी उनको पक्ष लिनेनै थिए । संचारमाध्यमले पनि बिस्तारै उनका केही योजनाको प्रसंसा नै गर्ने थिए । तर दुइचार दिन पनि धैर्य गर्न नसक्दा र संचारमाध्यमलाइ तथानाम गाली गर्दा उनको अगाडिको बाटो सजिलो नबन्न सक्छ ।

संचार माध्यम र संचालक को हुन्, उनीहरुले के गरे त्यो रविका कुरामा धेरै सत्यता होला नहोला, तर श्रमजिवीहरुले निरन्तर काम गरेर आफ्नो दैनिकी गुजार्न नसकेको अबस्था जगजाहेर छ । आँफै नेतृत्व गरेको संचारमाध्यममा काम गर्ने कतिपय पत्रकारले तलब नपाएको कुरामा बहस नगरेका रविले मिडिया संचालकको कमजोरी औल्याउन भ्याए । ती कमजोरी औल्याउँदै गर्दा कतिपय कुरा ढीला भैसकेको छ । आँफू त्यही कर्ममा हुँदा वास्ता नगरेका बिषय अहिले निकाल्दा पद गुमाउँदाको आक्रोस भएको धेरैको अनुमान छ । अझैपनि रवि नेतृत्वको पार्टीप्रति जनताको विश्वास छ । विश्वासलाई अडिग बनाउन अझैपनि आँफू समेच सच्चिएर कानूनको पालना गर्दै अगाडि बढेमा राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->