बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुर र समानुपातिक विकास

नवलपुर र समानुपातिक विकास


  • Dhorpatan News
  • फाल्गुन ३ २०७९, बुधबार

नेपालको समानुपातिक र योजनावद्ध विकासको खाका कोर्ने श्रेय निसन्देश डा.हर्क गुरुङलाई जान्छ । योजना आयोगमा हुँदा होस् वा स्वतन्त्र विज्ञको रुपमा, डा.हर्कले नेपाली समाजलाई नजिकबाट नियाले,समानुपातिक विकासे परियोजना तयार पारे । उनले तयार पारेको भौगोलिक बाँडफाँटमा कसैले औंला उठाएन । तीसको दशकमै उनले प्रत्येक विकास क्षेत्रमा औद्योगिक क्षेत्रको स्थापना, सदरमुकामको छनोटलगायतका विषयमा संघीय संरचनाको प्रवेश गराए । बैज्ञानिक भू–उपयोग नीति,जनसंख्या, बजारको पहुँच र स्वाधिन अर्थतन्त्र निर्माणमा उनी यति दक्ष थिए कि,उनका पुस्तकहरु अहिले पनि विकास चाहनेहरुको लागि वेदजत्तिकै प्रिय रहेका छन् ।

देश संघीयतामा प्रवेश गरेको छ । स्थानीय तहहरु बढेका छन् । प्रदेश सरकार अस्तित्वमा आएको छ तर समानुपातिक विकासको अवधारणालाई संघीयताले आत्मसात गरे पनि कार्यान्वनय भने फितलो देखिएको छ । संविधानले प्रत्याभूत गरेको शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवाको सुनिश्चितता, पूर्वाधार निर्माण एवं जनतालाई आफ्नै थातथलोमा अड्याउनु अहिलेको आवश्यकता हो । संघीयताको मर्म पनि त्यही हो । संघीयताले हैन कि हाम्रो भूगोलले नै

मध्यपहाडमा पशुपन्छी, वागबानी, जलविद्युत, पहाडको घाँटीमा अति आकर्षक सहरहरू निर्माण, पर्यापर्याटन,हिमाली भेगमा उच्च भेगीय बालीनाली, पशुपन्छी, साहसिक पर्यटन, संस्कृति आदिको संरक्षण र प्रवद्र्धन हाम्रा चासोहरु हुन् । तर, यी चासोहरु अझै सम्वोधन हुन सकेको छैन । प्रदेश सरकारहरुले केही योजना अगाडि त सारेका छन् तर ती पर्याप्त र विस्तृत अनुसन्धानको जगमा उभिएका छैनन् ।

राजनीतिक दलहरु सस्ता नारामा रमाएका छन् । रेल,पानी जहाज तथो सुरुङ मार्गसम्मका सपना देखाए पनि ती पूरा हुन कठीन भएका छन् । रोजगारीको अभावमा नागरिकहरु अरबको तातोमा भाग्य अज्माउन अभिशप्त छन् । ५ वर्षअघि गरिएका वाचाहरु पूरा नभएको हेक्का पनि दलहरुसँग छैन । घोषणापत्रमा उल्लेखित योजनाहरु पूरा गर्न सामथ्र्यले भ्याउँछ कि भ्याउँदैन भन्ने समीक्षा गर्न ढिला भइसकेको छ ।

गण्डकी प्रदेशकै कुरा गर्दा, सामथ्र्यको आँकलन बिना सुरु गरिएका बहुवर्षीय योजनाहरुलाई स्रोतको अभाव हुन थालेको छ । अर्कोतर्फ,पूर्वाधार निर्माणको गति झन सुस्त देखिँदा प्रादेशिक संरचना र यसले प्रवाह गर्ने सेवाबारे प्रश्न उठाउन थालिएको छ । ठूला राजमार्ग निर्माणले गति लिएका छैनन् । नयाँ जिल्ला नवलपुरका बासिन्दाले गण्डकीकै नागरिक भएको अनुभूति गर्न पाएका छैनन् ।

गण्डकी प्रदेशका पालिकाहरुको कुरा गर्दा, यो क्षेत्रलाई मध्यपहाडी लोकमार्गले छिचोलेको छ । सबैभन्दा बढी दूरी बागलुङमा भए राजमार्ग निर्माणसँगै सुरु भएको अव्यवस्थित बस्ती विकास रोक्ने, राजमार्गको प्रयोग गर्दै औद्योगिक करिडरहरुको स्थापना गर्ने, कृषिको सम्भाव्यता भएको ठाउँमा कृृषि क्रान्ति गर्ने तथा मध्यपहाडी र त्रिवेणी–कोरोला राजमार्ग पालिकाहरुको समृद्धिको आधार बनाउनेबारे गम्भीर बहसको थालनी गर्न ढिला भइसकेको छ । अब भने ढिला गरिनु हुँदैन । मनाङ–मुस्ताङसहित गोरखा र नवलपुरका नागरिकलाई गण्डकी प्रदेशबासी भएको अनुभूति दिलाउने गरी काम थालनी गरिनुपर्छ । कम्तिमा सामथ्र्य र सम्भावनाले प्रचुर नवलपुरलाई गण्डकीले विशेष ध्यान दिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->