बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तालहरुलाई सुरक्षित बनाऊ

तालहरुलाई सुरक्षित बनाऊ


  • Dhorpatan News
  • फाल्गुन २२ २०७९, सोमबार

२०७९ फागुन २१ गते फेवातालमा डुंगा दुर्घटना हुँदा एक वृद्धाको ज्यान गएको छ । अपरान्ह ४ः३० बजेतिर आएको हावाहुरीले फेवातालमा भइरहेको नौकाविहारलाई प्रभावित पारेको थियो । हावाहुरीसँगै तालमा छाल चल्छ । छाल चल्दा डुंगा घोप्टिन्छ्न् । हरेक वर्ष फेवामा यस्ता घटनाहरु हुँदै आएका छन् । फेवामा हुने दुर्घटनाको उद्धारको लागि त्यहाँ सशस्त्र प्रहरीले टावरसहित गोताखोरको व्यवस्था गरेको छ । बाराही मन्दिर छेउमा रहने गोताखोरहरुको काम सह्रानीय छ । तर, तालमा हुने दुर्घटना रोक्न त्यत्तिमात्र काफी छैन । त्यहाँ भएको साइरन बिग्रेको छ । मौषमबारे जानकारी दिने साइरन बिग्रँदा दुर्घटनाको पूर्वसूचना पाउन कठीन भएको छ ।

फेवा सम्भवत : नेपालकै बढी नौकाविहार हुने ताल हो । पोखरा घुम्न आउने पर्यटकहरुतालको बीचमा रहेको बाराही मन्दिरको दर्शन गर्छन् र नौका विहारमा रमाउँछन् । पर्यटक भुलाउने फेवातालको पहाडको खोंचमै छ । हावाहुरी मडारिँदा त्यसले तालमा छाल चलाउँछ । छाल कतिबेला चल्छ, थाहा हुँदैन । मौषमको पूर्वामान गर्न सके त्यसबाट बँच्न सकिन्छ । यसको लागि साइरनको मर्मतदेखि अन्य उपायहरु अवलम्बन गर्नुपर्ने देखिएको छ । कतिसम्म भने, केही वर्षअघिसम्म फेवातालमा डुंगा चलाउने र चढ्नेहरुले ‘लाइफ ज्याकेट’ अनिवार्य थिएन ।

दुर्घटना बढ्दै गएपछि लाइफ ज्याकेट अनिवार्य गरियो तर त्यसको पूर्ण पालना भने हुन सकेको छैन । लाइफ ज्याकेट नलगाएकै कारण कयौं दुर्घटनामा मानवीय क्षति भएका छन् । फेवातालमा हुने दुर्घटनाहरुले पर्यटकीय क्षेत्रमा राम्रो सन्देश प्रवाह गर्दैन । असुरक्षाका र दुर्घटनाका समाचारहरुले पर्यटन उद्योगलाई हानी गर्छ । अतः यस्ता दुर्घटना न्यूनीकरणको लागि सक्दो पहल गरिनुपर्छ । फेवासहित पोखरामा रहेका ८ वटै ताललाई सुरक्षित राख्न महानगर र प्रदेश सरकार दुवैले योजनागत रुपले काम गर्नुपर्छ । तालको सौन्र्दयीकरण गर्दै यहाँ हुने गतिविधिहरु सुरक्षित बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->