बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

किसानलाई सुन सरकार

किसानलाई सुन सरकार


  • Dhorpatan News
  • फाल्गुन २४ २०७९, बुधबार

यो बर्षको हिउँदमा नत बर्षा भयो न हिमपात । असोजदेखि रोकिएको बर्षाका कारण हिउँद सुख्खा र न्यानो भयो । मौसम विज्ञान विभागका अनुसार सन् २००६ यताको यो हिउँद सबैभन्दा कम बर्षा भएको हिउँद हो । हिउँदे बर्षा नभएकै कारणले न्यानो महशुस गरिएको हो । हिउँदमा बर्षा किन भएन्, यसका बैज्ञानिक कारणहरुको बिषयमा खोजी होला । मौसमी प्रणालीको बिषयमा मौसम बिज्ञान विभागले जानकारी गराईरहेको छ । सोही अनुसार सर्वसाधारणले पनि बुझेकै छन् । तर हिउँदे बर्षा नहुनाका कारणले परेको असरका बिषयमा भने कमै आँकलन भएको पाईन्छ ।

हिउँदको बर्षाले सबैभन्दा धेरै प्रभावित हुने भनेको किसान हो । सिंचाईको पर्याप्त सुविधा नभएका कारण हिउँदको बर्षा किसानको उत्पादनसँग जोडिन्छ । बर्षा नभएका कारण उत्पादनमा के कती कमी आयो तथ्यांक तयार हुन समय लाग्ला । पहाडका किसानलाई बर्षा र हिमालका किसानलाई हिमपात नभएका कारण ठुलो क्षती पुगेको छ । यो बर्षको हिउँदे बालीको उत्पादनमा कमी आउने आँकलनहरु सार्वजनिक भैसकेका छन् । तराईमा सिंचाई सुविधा भएका फाँटहरुमा बाहेक देशभरी नै बर्षा नभएका कारण हिउँदे बालिका बिरुवा नै मर्न थालेका समाचारहरु सार्वजनिक भैरहेकै छन् । यो दुर्भाग्यपूर्ण अवस्था हो ।

किसानको उत्पादन घट्दा किसान मात्रै मर्कामा पर्दैनन् । सिंगो देशको कुल ग्राहस्त उत्पादनमा समेत असर परेको हुन्छ । बर्षा प्राकृतिक बिषय हो । प्रहकृतिले पानी पारेन् । यत्ति भनेर सरोकारवाला उम्किन मिल्ने अवस्था छैन् । कृषि उत्पादनकै भरमा गुजारा गरेका किसानको हालत के होला ? उनीहरुको दैनिकी समान्य उत्पादन घट्दा समेत प्रभावित हुन्छ भन्ने कुराको राज्यका निकायहरुले हेक्का राख्नु पर्छ । हिमपात र बर्षा नभएका कारण कृषि उत्पादनमा भएको क्षतीको बिषयमा तत्काल तथ्यांक तयार गर्ने र प्रभावित भएका किसानलाई राहत दिने काममा तीनै तहका सरकारको ध्यान पुग्न जरुरी छ ।

कृषिप्रधान मुलुक भएपनि किसानका समस्या र गुनासा नेपालमा कम सुनिन्छन् । कहिले रासायनीक मलको अभाव, कहिले अधिक बर्षा र कहिले खडेरीको मारमा रहेका किसानलाई सुन् सरकार । किसानको चन्द्रविलाप राज्यको लागि घातक सावित हुन्छ । समयमै सम्बोधन होस् । सुख्खा हिउँदहरु अरु धेरै आउनसक्छन् । स्रोत भएका ठाउँहरुमा सिंचाई सुविधाका लागि पनि राज्यको ध्यान पुगोस् । बितेपछि पछुताउनुको कुनै अर्थ हुँदैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->