बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सूचना प्रविधिमा बालबालिकाको पहुँच र अभिभावकको दायित्व

सूचना प्रविधिमा बालबालिकाको पहुँच र अभिभावकको दायित्व


  • Dhorpatan News
  • चैत्र ७ २०७९, मंगलबार

कोरोना महामारीपछि नेपालका अधिकांश बालबालिकाको हातमा मोबाईल फोन पुगेको छ । लामो समय भौतिक उपस्थितीमा पठनपाठन हुन नसकेपछि प्रबिधिको प्रयोगमार्फत विद्यार्थीलाई औपचारिक शिक्षाबाट टाढा नराख्न गरिएको प्रयासको प्रतिफलस्वरुप बालबालिका मोबाईल फोनबाट नजिक भए ।

यद्यपी यसअघि बालबालिकाका हातमा मोबाईल फोन परेकै थिएन भन्ने होईन् । बालबालिकाका हातमा मोबाईल फोन पुग्नुले मात्रै सबै बिग्रिएको होईन । तर, बालबालिकाले मोबाईल फोनलाई लत बनाईसके यो चिन्ताको बिषय हो । स–साना बालबालिकाले अत्याधुनिक फोनको प्रयोग कसरी गरिरहेका छन् ? मोबाईल फोनको प्रयोगले बालबालिकाको स्वास्थ्यमा कस्तो असर गरिरहेको छ ? उनीहरुले फोनको प्रयोग गर्दा कस्ता सामग्री प्राथमिकतामा राखेर हेरेका छन् वा कस्ता खेल खेल्छन् ?

यी र यस्ता प्रश्नहरुको जवाफ खोज्नुपर्ने बेला भएको छ । बालबालिकाको स्वास्थ्य, हाम्रो सामाजिक मुल्य र मान्यता तथा प्रकृतिको नियम प्रतिकुल यस्ता प्रश्नको जवाफ आउनुपूर्व हामीले बालबालिका र मोबाईल फोनको सामिप्यताको बिषयमा खोजी गर्नु जरुरी छ ।

बालबालिकाको हातमा मोबाईल फोन पुगेपछि भएको दुरुपयोगको नतिजा हो सामाजिक संजालमार्फत आफुलाई यौन शोषण गरेको भन्ने भिडियो सार्वजानिक भएपछि पोखरामा प्रहरीले बालकलाई पक्राउ गरेको घटना । १४ वर्षिया बालिकाले आँफु समानकै बालकबाट पीडित बन्नुपरेको छ । त्यो पनि सामाजिक सञ्जालको माध्यामबाट । यो कहालीलाग्दो घटना हो । पोखरामा भएको यो घटना प्रतिनिधि घटना मात्रै हो । यस्ता घटना देशभर घटिरहेका छन् ।

यो मानव जीवनकै लागि चुनौतीको बिषय हो । मोबाईल फोन, सामाजिक सञ्जालको सदुपयोग गर्दा धेरैलाई सिकाउँछ, दैनिक जनजीवनमा सहयोग गर्छ तर, यस्ता बस्तु तथा सेवाको दुरुपयोगले समाजमा कहिल्यै नमेटिने गरी गहिरो असर गरिरहेको हुन्छ । उमेर नपुगेका बालबालिका कसरी यौन दुराचारमा लागिरहेका छन् । घटना लुकाउन ज्यान मार्ने सम्मको धम्की दिन उनीहरुले कहाँबाट सिकेका छन् ? खोजी हुन जरुरी छ ।

व्यस्त दैनिकीका कारण अभिभावकले बालबालिकालाई समय दिन नसक्ने । आफ्ना बालबालिका भुलाउनकै लागि मोबाईल फोनको प्रयोग गर्ने जस्ता गतिबिधि हामीले गर्ने गरेकै गतिबिधि हुन् । हाम्रा बालबालिकाले पढाईको बहानामा पनि मोबाईल फोनको प्रयोग गरिरहेका छन् । मोबाईल बालबालिकालाई बोक्नै दिन नहुने होईन् । यसको फाईदा र बेफाईदाका बिषयमा खोजी गर्न जरुरी हो ।

मोबाईल कतिसमय बालबालिकालाई दिने ? मनोरञ्जनका लागि दिने वा उपयोगिताका लागि दिने ? बालबालिकाले मोबाईलको प्रयोग गरेर के कस्ता क्रियाकलापमा सहभागि भएका छन् भन्ने बिषयको खोजी गर्ने र अत्याधुनिक प्रबिधिलाई दुरुपयोग होईन सदुपयोग गर्ने वातावरण सचेत अभिभावकले बनाउँ । बालबालिकाको भविश्य जोगाउने दायित्व अभिभावककै हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->