बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आरोहण पर्यटनमा आँखा

आरोहण पर्यटनमा आँखा


  • Dhorpatan News
  • चैत्र २९ २०७९, बुधबार

फ्रान्सेली आरोही मौरिस हर्जो ग र लुई म्याकेननले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । हिमाल आरोहणमध्ये सबैभन्दा ‘जोखिमयुक्त’ मानिने उक्त हिमालमा पहिलो मानव पाइला टेकिएको ७१ वर्ष पुगिसकेको छ । उनीहरु अन्नपूर्ण पहिलोको उचाइ चुमेको करिब ३ वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखरमा एडमन्ड हिलारी र तेन्जिब नोर्गे शेर्पाले पाइला टेकेका थिए ।

हिमालबाट फर्किएपछि उनले अन्नपूर्णको नाममा किताबै लेखे । त्यसपछि अन्नपूर्ण प्रथमको चर्चा विश्वभर चुलियो । ८ हजार मिटर उचाइमाथि विश्वमा १४ वटा हिमाल छन् । प्रायः हिमाल आरोहीहरुको लस्कर लाग्छ । तर, विश्वमै पहिलो पटक ८ हजार मिटर उचाइमा मानव पाइला टेकेर कीर्तिमान बनाएको अन्नपूर्ण प्रथम आरोहण गर्नेको संख्या भने कम छ । त्यसमा पनि अझ महिलाले अझै उचाइ चुम्न सकेका छैनन् । विश्वमै चर्चित भएर पनि ‘अन्नपूर्ण प्रथम’मा कम आरोहीले मात्रै सफल आरोहण गर्न सकेका छन् । यसको एउटै कारण हो – अन्य हिमालको तुलनामा बढी जोखिम हुनु र हिमाल आरोहणका लागि पर्याप्त पूर्वाधार तयार नहुनु ।

यतिबेला सगरमाथा आरोहणको लागि ५ सयभन्दा बढी आरोहीले जोखिम मोलिरहेका छन्भने अन्नपूर्ण प्रथम र धौलागिरि आरोहणको लागि पनि आधार शिविरमा आरोहीहरु उचित मौषम पर्खिरहेका छन् । हिमाल आरोहणको इतिहास रचेको गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण र धौलागिरि आरोहण गर्न सहज छैन । ८ हजार मिटर मिटर माथिको उचाइ भएका हिमाल गण्डकी प्रदेशमा धौलागिरी, मनास्लु र अन्नपूर्ण पहिलो गरी ३ वटा अग्ला हिमाल छन् ।

ती हिमाल आरोहणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्दै सरककारले आरोहणलाई सरल र सहज बनाउन जरुरी छ । हिमाल आरोहण सहज भएमा एकातिर गण्डकी प्रदेशले मनग्गे आम्दानी गर्न सक्छ भने अर्कातिर पर्यटन विकासमा फड्को मार्न सक्छ । यी ३ अग्ला हिमाल आरोहण सहज, पूर्वाधार विकास र प्रचारप्रसारमात्रै गर्न सकियो भने गण्डकी प्रदेशकै विकासमा कोशेढुंगा सावित नहोलान् भन्न सकिँदैन । त्यसका लागि सम्बन्धित स्थानीय तह, प्रदेश र केन्द्र सरकारले नै अपनत्व महसुस गरेर यसबारे चाँडै ठोस निर्णय लिन जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->