बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्यप्रति सचेत बनौं

स्वास्थ्यप्रति सचेत बनौं


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८०, बुधबार

पछिल्ला दिनहरुमा कोभिड संक्रमण बढ्दै गएको छ । कोभिडकै कारण मंगलबारमात्र थप दुई जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर करिब ४ सय जना कोरोना संक्रमित रहेका तथा तीमध्ये ८ जना भेण्टिलेटरमा रहेका छन् । कोभिड संक्रमण बढ्दै गएपछि सरकारले संक्रमणबाट जोगिनको लागि मोबाइलमा बज्ने रिङटोन पुनः प्रयोगमा ल्याएको छ । कोभिडबाट सचेत रहन आग्रह गरेको छ ।

नेपालसहित विश्वले कोभिडकालीन पीडा भुलेको छैन । कोभिडका कारण ठूलो जनधनको क्षति भएको तथ्यलाई हामीले भुल्नु हुँदैन । कोरानाबाट जोखिनको लागि सुरक्षा सावधानी अपनाउनैपर्छ । अर्कोतर्फ,सरकारबाट पनि संक्रमण फैलन नदिनको लागि बुस्टर डोज खोपसहितका सबै प्रबन्धहरु हुनुपर्छ । स्वास्थ्य मन्त्रालयले नेपालमा फैलिएको कोरोना नयाँ भेरियण्ट नभएको बताएका छन् । छिमेकी मुलुक भारतमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेको छ । संक्रमण बढ्दा हुने जोखिमको आँकलन समयमै गरिनुपर्छ ।

यस्तै, पछिल्लो समय देशैभरको आकास धुम्मिएको छ । भारत र नेपालमै भएको आगलागी एवं प्रदुषणका कारण वातावरण बिग्रिएको हो । धुलो र धुँवा बढ्दा त्यसले मानिसको स्वास्थ्यमा असर पु्¥याएको छ । एकातिर गर्मी र अर्कोतिर मौषमी प्रतिकूलताले भाइरलका बिरामी बढेर गएका छन् । मानिसको फोक्सो र आँखामा असर पुगेको छ । पानी नपरेसम्म धुलो र धुँवा नहट्ने वातावरणविदहरुले बताएका छन् । प्रतिकूल मौषममा सचेत रहन, दम तथा फोक्सोसम्बन्धी विरामीहरुलाई सचेत रहन आग्रह गरिएको छ । धुँवा र धुलोबाट आँखा जोगाउन चस्माको प्रयोग गर्ने, अनावश्यक काममा बाहिर नहिँड्ने,माक्सको प्रयोग गर्नुपर्छ । बालबालिका तथा वृद्धहरुमाथि विशेष ध्यान गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->