बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रदूषणप्रति गम्भीर बनौं

प्रदूषणप्रति गम्भीर बनौं


  • Dhorpatan News
  • जेष्ठ २ २०८०, मंगलबार

हावाको दूरीमा करिब ३६ किलोमिटर टाढा ८ हजार मिटर अग्लो हिमाल छ । नाङ्गो आँखाले टलक्क टल्किएको स्निघ्ध,कञ्चन हिमाल हेर्न पाउनु पोखराको विशेषता हो । तालतलैया, सुन्दर भू–बनोट अनि स्वच्छतालाई देखेर नै होला पोखरालाई जापानी नागरिक इकाई कावागुचीले स्वर्गको उपमा दिएका थिए । कावागुचीको भ्रमणताकाको पोखरा भने अहिले छैन । केही दशक अघिसम्मको स्वच्छता र सुन्दरता पोखराबाट हराउँदै गएको छ । र, यसको कारक अरु कोही नभएर मानिस नै बनेको छ ।

पोखरा अहिले देशकै प्रदुषित सहरमध्येको एक भएको छ । क्लिन इनर्जी नेपाल र त्रिभुवन विश्वविद्यालय सहकार्यमा पोखराको चार ठाउँमा यन्त्र राखेर हावाको प्रदूषण मापन गरिँदा पोखरा अति खतराको सूचीमा परेको छ । यहाँको हावामा मानव स्वास्थ्यलाई गम्भीर असर पु¥याउने तत्वहरु भेटिएको पुष्टि भएको छ । कतिसम्म भने, यो उपक्रम बढ्दै गए अम्लीय वर्षाको सम्भावना रहने समेत अध्ययनले देखाएको छ ।

सवारी साधनबाट निस्किने रसायनहरु र हानिकारक ग्यासको वायुमण्डलमा रहेको पानीका ससाना थोपाहरुसँग रासायनिक प्रतिक्रिया हुँदा सल्फ्युरिक एसिड र नाइट्रीक एसिड बनाउने उत्पन्न हुन्छ । जसले आकासबाट वर्षिने पानीलाई कमजोर अम्ल ९एसिड० सहित धमिलो थोपामा रुपान्तरण गरिदिन्छ । त्यसले मानव स्वास्थ्यमा गम्भीर असर सिर्जना गर्छ । धुँवा र धूलोले आँखा र छालामा पार्ने असर झन डरलाग्दो छ । जसले कयौं असाध्य रोग उत्पन्न गराउने खतरा रहन्छ । मानिसको श्वास–प्रश्वास, फोक्सो, मुटुमा समस्या आउँछ ।

प्रदूषण बढ्नुका विभिन्न कारण छन् । बढ्दो सवारी साधन र त्यसबाट निस्कने धुँवा, अन्धाधुन्ध प्राकृतिक सम्पदाको दोहन, वन विनास प्रदूषणका प्रमुख कारणहरु रहेका छन् । पोखराको जनसंख्या बढ्दो क्रममा छ । यहाँ रहेका फाँट र पाटनहरु क्रंक्रिटको जंगलमा रुपान्तरण भएको छ । अव्यवस्थित सहरीकरणले सास फेर्ने स्वच्छ हावा खोज्न मुस्किल बनाएको छ । जलवायू परिवर्तनले पारेको असर अर्कोतिर छ । सोच्नै नसकिने वातावरणीय ह्रास हुँदासमेत न्यूनीकरणको लागि भने देखिने पहल हुन सकेको छैन । नकुहिने प्लाष्टिक र सिसाजन्य पदार्थले जमिन र धुँवा अनि धूलोले आकास धमिलो भएको सरोकारवाला निकायको नजरमा परेकै छैन । सवारी साधनबाट निस्कने प्रदूषित धूँवा नियन्त्रणमा त झन कामै भएको छैन । यतातर्फ ध्यान दिइएन भने पोखरा मानिस बस्नै नमिल्ने सहर बन्ने खतरा बढेको छ ।

अतः सरोकारवालाले बेलैमा वातावरणीय प्रदूषण नियन्त्रणको लागि प्रभावकारी कदम चाल्नु अपरिहार्य देखिएको छ । हिन्दु धर्मशास्त्रहरुले पृथ्वी, आकास र पाताल शान्तिको कुरा पर्छ । यी तीनवटै क्षेत्र स्वच्छताको लागि अल्प र दीर्घकालीन योजनासहित काम थालनी हुनुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->