बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विद्यालय र समुदायस्तरमा उपभोक्ता सचेतना

विद्यालय र समुदायस्तरमा उपभोक्ता सचेतना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८०, बुधबार

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च र बागलुङ नगरपालिकाले विद्यालय र समुदाय स्तरमा उपभोक्ता सचेतना थालेका छन् । विद्यालय उमेरका बालबालिका र समुदाय आफैं सचेत भए मात्रै उपभोक्ता अधिकार स्थापित हुने भन्दै विद्यालय र समुदायमा सचेतना कार्यक्रम थालिएको हो ।

उपभोक्ता मञ्चले मंगलबार नगरपालिकाको सहयोग र जिल्ला प्रशासन, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा मुलपानी माध्यमिक विद्यालयमा ‘एक दिने उपभोक्ता शिक्षा तथा लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई उपभोग्य बस्तु, उपभोक्ता अधिकारबारे जानकारी दिने र लागुऔषध दुव्र्यसनबाट बचाउन सचेतना कार्यक्रम आयोजना गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।

‘बालबालिकाले बुझे आफू जोगिन्छन् र उनीहरुमार्फत् सचेतना अभिभावकसम्म पुग्छ,’ श्रेष्ठ भन्छन् ‘हामप्ले अखाद्य बस्तु र लागुऔषधबाट बालबालिका जोगाउन जरुरी छ ।’ सचेतना कार्यक्रममा विद्यालयको ६ देखि १२ कक्षासम्मका एक सय जना विद्यार्थीको सहभागी थिए । विद्यार्थीसँगै उनीहरुका अभिभावक र सरोकारवालालाई सचेतना कार्यक्रममा सहभागी गराइएको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजनका प्रमुख सौरभ श्रेष्ठले उपभोग्य बस्तुको गुणस्तर र मापदण्डबारे जानकारी नहुँदा गम्भीर रोगको संक्रमण हुनसक्ने खाद्यबस्तु समेत उपभोक्ताले प्रयोग गरिरहेको बताए । श्रेष्ठले सकेसम्म घरमै उत्पादन भएका खाद्यबस्तुको प्रयोग गर्नुपर्ने र बजारबाट ल्याईएका खाद्यबस्तुको प्रयोग गर्दा उत्पादन मिति, उत्पादक र उपभोग्य मितीको बिषयमा जानकारी लिनुपर्ने बताए ।

लागुऔषधसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त भुजेलले जानी–नजानी बालबालिका दुव्र्यसननमा फसेको भन्दै अभिभावक सचेत बन्नुपर्ने बताए । लागुऔषध दुव्र्यसनमा फसेका बालबालिकालाई पुरानै अवस्थामा फर्काउन कठीन हुने भन्दै भुजेलले दुव्र्यसनले मानिसलाई शारीरिक, मानसिक र सामाजिक रुपमा क्षति पुर्याउने बताए ।

भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङकी पशु प्राविधिक प्रविता अधिकारीले मासुको उपभोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले स्वस्थ्य पशुको मासु मात्रै प्रयोग गर्नुपर्ने बताईन् । मासुको छनोट र प्रयोग गर्न नजान्दा घातक रोगहरुको संक्रमण हुने गरेको भन्दै अधिकारीले उपभोक्ता अधिकारको प्रयोग गरेर स्वस्थ मासुको प्रयोग गर्न सुझाव दिईन् ।

अबको एक वर्ष उपभोक्ता सचेतना समुदाय स्तरमा पु¥याउने र दुई बर्षभित्र बजार अनुगमन नै नगरी उपभोक्ताले स्वास्थ्य उपभोग्य बस्तु पाउने वातावरण बनाउने अभियानमा नगरपालिका रहेको नगर उपप्रमुख राजु खड्काले बताए ।

कार्यक्रम उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठको अध्यक्षता, मुलपानी माविा प्रधानाध्यापक सुवास कँडेलको स्वागत र उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रामबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->